नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणलाई चोख्याउने तर्फ उन्मुख बहस – देशका जानेमाने वकिलहरु खाँणको पक्षमा
- जेष्ठ ३१, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली नागरिकलाई भुटानी नागरिक बनाई शरणार्थीको रुपमा अमेरिका पठाइदिने भन्दै ठग्ने समूहको केश अहिले अदालतमा चलिरहेको छ । सोही ठगी मुद्दामा नेपालका जानेमाने अधिवक्ताहरुले आफनो राय सल्लाह अदालत समक्ष पोखीरहेका छन् ।
सोही नक्कली शरणार्र्थी प्रकरण समूहको एक सदस्य रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा अहिले देशका पूरै न्यायकर्मीहरु लागेका छन् । बुधबार नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले खाँणको पक्षमा बहस गरेका छन्।
खाँणको पक्षमा प्रतिरक्षा बहस गर्दै बार अध्यक्ष घिमिरेले खाँणलाई हचुवाको भरमा अभियोगपत्र ल्याइएको दाबी गरे। उनले भने, ‘फसाउने नियत राखेर हचुवाको भरमा अभियोगपत्र ल्याइयो। भोलि प्रधानमन्त्री र पार्टी सभापतिसम्म बन्ने क्षमता भएका व्यक्तिलाई अभियोग लगाइएको छ। यसको भर्पाइ र क्षतिपूर्ति कसले ब्यहोर्छ?’
कसलाई खुसी पार्न यस्तो अभियोगपत्र ल्याइयो भन्ने प्रश्न गर्दै घिमिरेले डायरीमा लेखेका भरमा लेनदेन भएको भन्न नमिल्ने दाबी समेत गरे। उनले भने, ‘हस्ताक्षर नै नभएको कागजपत्र पेस गर्दैमा अभियोग प्रमाणित हुँदैन। कसैको राजनीतिक व्यक्तिगत जीवन नै समाप्त पार्न अभियोगपत्र ल्याइएको देखिन्छ।’
बार अध्यक्ष घिमिरेले सचिव टेकनारायण पाण्डेलाई पनि फसाउने नियतले पटकपटक बयानका लागि मेट्रो प्रहरीमा लगेको दाबी गरे। उनले भने, ‘सचिव पाण्डेले आफूले प्रहरीको करकापमा बयान दिएको बताएका छन्। यसले पनि फसाउने नियत प्रष्ट देखिन्छ।’
यस्तै केशव दुलालले पैसा दिएको विषयमा पनि बार अध्यक्ष घिमिरेले प्रश्न उठाए। उनले भने, ‘पैसा दिएको भए कहाँ दिए? मन्त्रालयमा दिए कि अन्तै दिए? मन्त्रालयमा दिएको भए रेकर्ड होला। त्यत्तिकै आरोप लगाउन त मिल्दैन।’
घिमरेपछि वरिष्ट अधिवक्ता ललित बस्नेतले बहस गरे भने त्यसपछि पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खातीले बहस गरेका थिए।
मंगलबार पनि खाँणको प्रतिरक्षामा कानुन व्यवसायीहरुले बहस गरेका थिए। बुधबार पनि सुरुमा खाँणकै कानुन व्यवसायीले बहस गरे। मंगलबार खाँणको प्रतिरक्षामा १० जना वकिलहरुले बहस गरेका थिए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments