तेक्वान्दोमा बिवाद : राखेपको निर्णयलाई अदालतले उल्ट्याई दियो

- जेष्ठ ३२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले आफनो तजविजको आधारमा नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई खारेज गरि तेक्वान्दो महासंघ गठन गरेको थियो । जसले गर्दा तेक्वान्दो खेल सँग आवद्ध रहेको नेपाल तेक्वान्दो संघका पदाधिकारी देखी खेलाडीहरु सम्म राखेपको सो निर्णयको बिरोधमा थिए ।
बिरोध सँगै अदालत पुगेका नेपाल तेक्वान्दो संघका पदाधिकारीहरुले संघ खारेजीको बिरुद्ध मुद्दा दर्ता गराएका थिए । अदालतले खेल संघहरुलाई खारेज नगरी यथास्थितीमा खेलका कार्यक्रमहरु गर्दै सक्रिय रहन आदेश दिए सँगै दुबै संघ सकृय भएका छन् ।
मार्सल आर्टस त्यसमा मेडल ओरीयन्टेड खेल तेक्वान्दो संघमा बिरोधका स्वरहरु हुनु भनेको अहिले सामान्य रुपमा लिइने गरिन्छ । सरकारले खेलकूदमा बजेट तर्जुमा गरे सँगै अहिले प्रदेश खेलकूद परिषदहरु बजेट खर्चिन बिभिन्न ट्याली बनाउँदै छन् । बजेट तर्जुमा गर्ने सिलसिलामा अहिले गण्डकी प्रदेश खेलकूद परिषद्ले केही खेल कार्यक्रमको लागि बजेट विनियोजन गरेको छ । जसमध्ये तेक्वान्दो खेल पनि पर्न आउँछ । तेक्वान्दो प्रदेश स्तरीय खेलकुद प्रतियोगिता संचालन गर्नपनि बजेट विनियोजन गरेको छ ।
तर प्रदेश खेलकुद परिषद गण्डकीले दुवै तेक्वान्दो संघहरुलाई समन्वय नगराई मिति २०८०/०२/०४ गते नेपाल तेक्वान्दो संघ संग प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता संचालन गर्न सम्झौता गरीसकेको जानकारी आए पछि राष्ट्रिय तेक्वान्दो संघ–नेपालले हामीलाई समान हैसियतमा तेक्वान्दो प्रतियोगितामा समावेश गराई पाउँ भनी मिति २०८०/०२/१८ मा निवेदन पेश गरेको थियो । उक्त पत्रलाई मध्यनजर गर्दै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले मिति २०८०/०२/२८ गते च.नं. २८१ को पत्रबाट बोधार्थमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता संचालन गर्नको जिल्ला छनौटको लागी जिल्ला खेलकुद विकास समितिको अध्यक्षको संयोजकत्वमा १/१ जना नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको प्रतिनिधित्व रहने गरी ३ (तीन) सदस्यीय छनौट समितिबाट सबै खेलाडीहरुलाई समावेश गरी टिम (खेलाडी) छनौट गर्न निर्देशन दिएको साथै प्रतियोगिता संचालनको क्रममा रेफ्री/स्वयंसेवक/अफिसियल समेतमा दुवै संघको बिचमा समन्वय गरी ब्यवस्थापन र सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिसमा प्रतियोगितामा टिम/खेलाडी सहभागी गराउनको लागि भनिएको छ ।


परिषदको पत्रमा कहिले सम्म छनौट गर्ने हो ? कुन तौल समुह ? कुन उमेर समुह ? कुन बेल्ट समुह ? खेलाडीहरु समावेश गर्ने हो ? गण्डकी प्रदेश स्तरीय खेलकुद प्रतीयोगिताको कुन मितिमा आयोजना हुने केही जानकारीनै छैन । सम्झौता गरेको संघले जिल्लाको खेलकूद विकास समिति संग लिखित पत्र सहित समन्वय नगरेको जिल्ला खेलकुद विकास समितिबाट जानकारी पाईएको ।
उक्त विबाद मिलाउन प्रदेश खेलकुद परिषदले दुबै संघलाई संगै नराखी, छलफल नगराई, परिपत्रमात्र गरेका छ । अहिले खेलाडीहरुलाई अन्यौल सिर्जना भएको छ । आयोजना मिति र भूमीका छलफलबाट नआएको हुँदा एक तर्फको खेलाडी खेल्न पाउने र अर्को तर्फको खेलाडी बन्चित हुने अवस्था सृजना हुन लागेको हुँदा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको दुबै संघको अधिकार समान हुनपर्छ भन्ने माग गरिराखेको राष्ट्रिय तेक्वान्दो संघ–नेपाल, गण्डकी प्रदेश अध्यक्ष खडकबहादुर गुरुङले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर