संसदमा धर्म निरपेक्षताबारे प्रश्न उठ्न थाल्यो

- जेष्ठ ३२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न उठ्न थालेको छ । ,“धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो रु यो संसद्लाई स्पष्ट पारियोस् ।” भन्दै नेकपा एमालेका सांसद रघुजी पन्तले प्रश्न गरेका छन् ।
बैठकमा आकस्मिक समयमा सांसद पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग हुँदै आएको छ । पछिल्लो समययता असंलग्न परराष्ट्र नीतिमा खलबल हुन थालेको भनाई सांसद पन्तको छ ।

राजदूत शर्माले केही अघि दिएको अन्तर्वार्तामा नेपालको धर्मनिरपेक्षतामा प्रश्न खडा गरेको भनेर बिवादमा आएको थियो । “नेपालको संविधानमा धर्मनिरपेक्षताको कुरा छ । तर राजदूतले त्यहाँ गएर धर्मनिरपेक्षाताको विपरीत कुरा गर्नुहुन्छ”, भनेर पन्त प्रश्न गरेका थिए ।

सांसद पन्तले इपिजीको प्रतिवदेनप्रति राजदूत शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने , “के इपिजीको प्रतिवेदन प्रभूत्व व्यक्ति समूहबारे राजदूतले व्यक्त गरेको विचारले नेपाल सरकारको प्रतिनिधित्व गर्छ रु गर्छ भने यो आपत्तिजनक र खेदपूर्ण छ ।”
सांसद पन्तले राजदूत शर्माले बिआरआइलाई ‘लोन ट्रयाप’ जनाउँदै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर