सूदुर पश्चिम र कर्णाली प्रदेश : मूलुकको ऊर्जा उत्पादनका साथै सामाजिक सुरक्षाको प्रर्वद्धनको लागि हितकर

- जेष्ठ ३२, २०८० मा प्रकाशित


गणेश प्रसाद पराजुली

सूदुर पश्चिम र कर्णाली प्रदेशमा ठूला विकास निर्माणका आयोजनाहरु कार्यान्वयनमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै त्यस क्षेत्रको समुन्नतीलाई केन्द्रमा राखी समग्र मुलुकलाई विद्युत उत्पादनमा आत्मनिर्भर बनाउनयोगदान गर्ने र कर्मचारी सञ्चय कोषमा आवद्ध करीव ६ लाख सञ्चयकर्ताहरुको अवकास पछिको जीवनलाई आर्थिक रुपमा सुदृढ तुल्याउने उद्धेश्यले बेतन कर्णाली अर्धजलासययुक्त जलबिद्युत आयोजना निर्माणको कार्य अगाडि वढाइएको छ ।

कर्णाली नदीको पानी उपयोग गरी पूर्णत स्वदेशी लगानिमा निर्माण गरिने यो आयोजनाको क्षमता ४३९ मे.वा रहेको छ । कर्मचारी सञ्चय कोषको परिकल्पनामा शुरु गरिएको यस आयोजनाका मुख्य संरचनाहरु सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नं. ६ मा रहनेछन् भने डाइभर्सन टनल कर्णाली प्रदेश अन्तर्गतसुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं. ६ मा र आयोजनाको बाँधस्थल चौकुनेर ढकारी गाउँपालिका वडा नं. ६ को सीमामा रहने छ।
देशको प्रमुख सामाजिक सुरक्षा संस्थाको रुपमा रहेको कर्मचारी सञ्चय कोष, मुलुकमा बिद्युतको उत्पादन, बिकास एबं बितरणमा अग्रणी भूमिका भएको सरकारीे स्वामित्व तथा नियन्त्रणमा रहेको नेपाल बिद्युत प्राधिकरण र बिद्युत उत्पादनका लागिसरकारी स्वामित्वमा स्थापना भएको बिद्युत उत्पादन कम्पनी लिमिटेड जस्ता संस्थाहरु यस आयोजनाका मुख्य प्रर्बद्घक रहेका छन् । संस्थागत शेयरधनीहरुको रुपमा रहेका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको मुनाफा रकम उपयोग गरी निर्माणका लागि अगाडि वढाइएको यो नेपालको पहिलो आयोजना हो ।

देशमा विद्यमान जलस्रोतको उपयोग गरी कम लागतमा विद्युत उत्पादन गरी कृषि एवम् औद्योगिक विकासमा जोड दिई जलविद्युत सेवालाई सामाजिक न्यायको दृष्टिले ग्रामीण अर्थतन्त्रसँग जोड्ने सरकारी नीति कार्यान्वयनमा आयोजना केन्द्रीत रहने र कर्मचारी सञ्चय कोषमा कोष कट्टी हुने करिव छ लाख सञ्चयकर्ता, सर्वसाधारण, आयोजना प्रभावित जिल्लाका वासिन्दा र प्रबद्र्घकको लगानी सुरक्षित हुने गरी समयमा नै उच्च प्रतिफल दिने लक्षका साथ आयोजना अगाडि बढाइएको छ ।
यस आयोजनामा १७२.७५ मिटर लम्वाई र ९० मिटर उचाईको डयाम प्रस्ताव गरिएको छ । आयोजनाको बाँधमा ६ वटा स्पिल–वे गेट र ६ वटा अण्डर स्ल्युइस गेट राखिने छ । बाँधको पानीलाई बिद्युत उत्पादन गृहसम्म ८ मिटर ब्यासका ३ वटा सुरुङ्गबाट पु¥याइने छ, जसको लम्वाई सरदर २०१५ मिटर रहने छ । यहाँ ३७.७ मिटर अग्लो २४ मिटर ब्यासको ३ वटा भूमिगत सर्ज–साफ्ट राखिनेछ । बाँधदेखि २.०१५ कि.मि. तल भूमिगत पावर हाउस रहने छ । पावर हाउसमा ७१.६८ मे.वा. क्षमताको ६ वटा फ्रान्सिस टर्वाइनहरु रहने छन् ।
आयोजनाले कुल २३०२.५६ गि.वा.आ. ऊर्जा उत्पादन गर्ने छ भने जसमध्ये आयोजनाको वेट इनर्जी १५९५.०७ गि.वा.आ. छ भने र ड्राई इनर्जी ७०७.४९ गि.वा.आ. रहेको छ । दैनिक ४ घण्टादेखि ६ घण्टासम्म पिकिङ्ग हुने गरी निर्माण गरिने यस आयोजनाले मुलुकको पीक–समयको ऊर्जा मागलाई बिशेषरुपमा सम्बोधन गर्न सक्ने वताइन्छ । आयोजनाबाट उत्पादित बिद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिने छ ।निर्माण पूर्वका आवश्यक कार्यहरु सम्पन्न भैसकेपछिको करिव ५ बर्षभित्र आयोजना पूरा गर्ने लक्ष छ ।

आयोजनाको कुल लागत करिव रु. ७४.१५ अर्ब (निर्माण अवधिको ब्याज बाहेक) र निर्माण अवधिको ब्याज समेत जम्मा रु. ८८.१९ अर्व हुने छ । कर्जा स्वःपूँजी अनुपात ६५ः३५ कायम गरी आयोजनालाई आवश्यक करिव रु. ५७.३२ अर्व ऋणको प्रवन्ध गर्ने कार्य सकारात्मक रुपमा अगाडि बढेको छ ।
सुर्खेत जिल्लाको चौकुने गाऊँपालिका बडा नं. ४ र ६, पञ्चपुरी नगरपालिका वडा नं. ७ र अछाम जिल्लाको ढकारी गाउँपालिका बडा नं. ६ र ७ तथा तुर्माखाँद गाउँपालिका वडा नं. ३, ४ र ५ का जनताहरु यस आयोजनाबाट प्रत्यक्षरुपमा प्रभावित हुनेछन् । यद्यपि, उक्त स्थानहरुमा मानव वस्ती न्यून रहेकाले बिस्थापित हुनुपर्ने समस्या न्यून रहेको छ ।

हाल आयोजना निर्माण पूर्वका गतिविधिहरुमा केन्द्रीत रही क्रियाशिल रहदै आएको छ । आयोजना निर्माण स्थलसम्म पर्ने प्रबेशमार्ग अन्र्तगत हाल सुर्खेत जिल्लातर्फ चौकुने गाऊँपालिकाको वडा नं. ६ कोइरालावाससम्म सडकको ट्रयाक निर्माण भैसकेकोले कोइरालावास देखि रातामाटे गाऊँ हुँदै भोक्रेसम्म करिव १४ कि.मि. सडकको ट्रयाक खन्ने कार्य कम्पनीको लागत सहभागितामा चौकुने गाऊँपालिकाबाट भैरहेको छ । अछाम जिल्लातर्फ ढकारी गाउँपालिकाको वडा नं. ६ ढुंगाचाल्नादेखि मालुमेला (बाँध स्थल) सम्मको करिव १४ कि.मि. बाटो कम्पनीको लागत सहभागितामा ढकारी गाउँपालिकाबाट निर्माण सम्पन्न गरिएको छ । यस्तै आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन कार्य र आयोजनाको हेडवक्र्स तथा पावर हाउसमा जम्मा ४ वटा अडिट टनल निर्माण सम्पन्न भैसकेको छन् ।

आयोजनाको बिद्युत खरिद बिक्री सम्झौताका लागि नेपाल बिद्युत प्राधिकरणमा ईनर्जी लक भई ग्रीड कनेक्स एर्गीमेन्टको कार्य अगाडि वढेको छ ।यस्तै आयोजनाको लागि आवश्यक जग्गा अधिग्रहण गर्ने सिलसिलामा अछाम जिल्लाको ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिका अन्र्तगत करिव १८४४ रोपनी जग्गा अधिग्रहणका लागि मुआव्जा निर्धारण भई वितरणको प्रकृयामा छ भने सुर्खेत जिल्लातर्फको करिव ३९३ रोपनी जग्गा अधिग्रहणका लागि मुआव्जा निर्धारणको क्रममा रहेको छ ।
यस आयोजनाको निर्माणले मुलुकको ऊर्जा उत्पादनमा योगदान गर्ने मात्र हैन विकास निर्माणका कोणवाट पछाडि परेको सूदुर पश्चिम र कर्णाली प्रदेशमा सम्वृद्धिको ढोका खोल्ने अपेक्षा स्थानियवासीको छ ।

खासगरी आयोजनाका विभिन्न संरचनाहरु रहने अछामका ढकारी र तूर्माखाँद गाउँपालिकाका साथै सुर्खेतका चौकुने गाउँपालिकासँगको लागत सहभागीतामा आयोजनाले निर्माण गरेका पहुँच मार्गहरुका साथै विकास निर्माणका सवालमा भएका भएका अन्य साझेदारीहरुले त्यस क्षेत्रका आर्थिक गतिविधिहरु यतिवेला चलायमान बनेका छन् । आयोजनाका कारण सृजना भएका र हुने रोजगारीमा स्थानीयलाई प्राथमिकता दिने आयोजनाको नीतिले स्थानियहरु अहिले उत्साहित देखिएका छन् ।
यस आयोजनाले कर्णाली नदीमा निर्माण गर्ने १४०मिटर अग्लो ड्यामका कारण वन्न जाने करीव २० कि.मि लामो सरोवर त्यस क्षेत्रको पर्यटकिय कोणवाट महत्वपूर्ण गन्तव्य वन्ने छ । सरोवर निर्माण पश्चात अवलोकनमा आउने स्वदेशी तथा विदेशी पयर्टकका साथै सरोवरमा संचालनमा आउने ¥यािट∙व्यवसाय र त्यहाँ व्यवसायिक रुपमा गर्नसकिने माछा पालन का कारण स्थानिय स्तरमा थप रोजगारी अवसरहरु सृजना हुनेछन ।

विद्युत उत्पादन वापत प्राप्त हुने रोयल्टीले स्थानिय तह आर्थिक रुपमा थप सुदृढ वन्ने छन् । खासगरी आयोजना निर्माण सँगसँगै अगाडि वढेका र वढ्ने पहुँच मार्गहरुको निर्माणका साथै कर्णाली नदीमा निर्माण गरिने पुल÷पुलेसाहरुले स्थानियवासीलाई मात्र नभएर सुदुर पश्चिम प्रदेशको राजधानी धनगढीवाट हुम्ला जिल्लाको हिल्सा नाका सम्म आवतजावत गर्ने सडक दुरीलाई करिव ५० किलोमिटर छोट्याउने छ ।
यसरी समग्रमासूदुर पश्चिम र कर्णाली प्रदेशको समृद्धिमा कायापलट गर्नेपूर्णत स्वदेशी लगानीमा निर्माणाधिन यो आयोजनाको निमार्ण समयमै सम्पन्न हुन सके त्यसले मूलुकको ऊर्जा उत्पादनमा योगदान गर्ने मात्र हैन लगानी कर्ताहरुको सामाजिक सुरक्षा एबं हित समेत प्रवद्र्घन गर्नेनिश्चित देखिन्छ ।

लेखक वातावरण पत्रकार हुन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर