सशस्त्र प्रहरी: ड्युटी नगरेको र तस्करीको लाइन खुलाएको आरोपमा प्रहरी निरिक्षक राईले गरे आफनै जवानहरुलाई गरे भाटे कार्वाही

- जेष्ठ ३२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सादा पोशाकमा खटिएका सशस्त्रका प्रहरी निरीक्षक (इन्स्पेक्टर) नमप्रभाव राईको टोलीले ड्युटीमा खटिएका सशस्त्रका प्रहरी वरिष्ठ हवल्दार पासाङ तामाङ, सशस्त्र प्रहरी हवल्दारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीलाई पानीमा चोबल्दै भाटे कार्वाही गरेका थिए ।
सशस्त्र प्रहरीका इन्स्पेक्टरद्वारा आफ्नै जवान तथा हवल्दारहरु कुटपिटको घटना छानबिन गर्न सशस्त्र हेडक्वाटरले समिति बनाएको छ।

हेडक्वार्टरले एआईजी चन्द्रप्रकाश (सीपी) गौतमको संयोजकत्वमा केन्द्रीय छानबिन समिति गठन गरेको छ । कार्य विभाग प्रमुख एआईजी गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्रका सहायक प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। सो समितिलाई यथाशीघ्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

घटनाको छानबिनको लागि कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईंको अध्यक्षतामा बुधबार नै ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो।
सो घटनामा संलग्न सशस्त्र प्रहरी निरीक्षक राई र जवानहरु रामसुन्दर तामाङ तथा जीवन बास्तोलालाई निलम्बनको प्रक्रिया अगाडि बढाइएको छ।
राम्रोसँग ड्युटी नगरेको र तस्करीको लाइन खुलाएको आरोप लगाउँदै इन्स्पेक्टरले भाटैभाटाले हानेका थिए। इन्स्पेक्टर राई बराह बाहिनी पोकलीबाट घुमुवाको रुपमा सादा पोशाकमा खटिएका थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर