खेल : नेपालले सहभागीता जनाउने एकदिवसीय एसिया कप २०२३ पाकिस्तान र श्रीलंकामा हुने
- जेष्ठ ३२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल सहभागी हुने एसिया कप पाकिस्तान र श्रीलंकामा हुने पक्का भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले बिहीबार एकदिवसीय एसिया कप २०२३ आगमी अगष्ट ३१ देखी १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुने पक्का भएको जनाएको छ ।
प्रतियोगिताका चार खेल पाकिस्तान र बाँकी ९ खेल श्रीलंकामा हुने एसिसीले जनाएको छ । भारत पाकिस्तान जाने नभएपछि श्रीलंकामा ९ खेल हुने भएका छन् । नेपालले भने पाकिस्तानसँगको खेल पाकिस्तानमै खेल्नेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
नेपालले अघिल्लो महिना घरेलु मैदान टियुमा एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो । आफ्नो क्रिकेट इतिहासमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । भारत र पाकिस्तानबीचको आन्तरिक राजनीतक विवादको कारण एसिया कप अन्यौलमा परेको थियो ।
तर पाकिस्तान र श्रीलंकामा हुने सहमती भएकोछ । आयोजक पाकिस्कतानमा भने मात्रै चार खेल हुनेछन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments