शैक्षिक मेला : नतिजा नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने, फोर्स गर्ने कार्य रोक्यो महानगरले

- जेष्ठ ३२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

कान्तिपुर पब्लिकेसन समेत आयोजक रहेको शैक्षिक मेलामा ७५ भन्दाबढी शैक्षिक संस्थाका स्टलहरू रहेका थिए ्। मेला ३ असारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
तर मेला सुरु भएकै दिन काठमाडौं महानगरपालिकाले मेलामा हस्तक्षेप गरेको छ । मेला भएको स्थान भृकुटीमण्डपमा महानगरको शिक्षा विभागका अधिकारीहरुसहितको महानगरका प्रहरीहरुलेस्टल हटाइ दिएका छन् ।


प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए।

‘नतिजा नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने, फोर्स गर्ने कार्य रोकेका छौं, अब स्टल बन्द भएको छ,’ नगर प्रहरी प्रमुख पाण्डेले भने।
एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी अभिभावकलाई लक्षित गरेर राखिएको मेला अनधिकृत रुपमा सञ्चालन भएको महानगरले जनाएको छ। नतिजा आउनु अगाडि नै मेला आयोजना गर्नु अनधिकृत भएकोले स्टल हटाएको महानगरको दाबी छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर