बैज्ञानिक पुन राजनीतिमा आउने सम्भावना – दीर्घकालीन सपना सहित मरिमेटेर काम गर्ने आम नेपालीहरुको लागि
- जेष्ठ ३२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विगतमा एक प्रतिशत सम्भावना देखेका पाँच वटा काममा सफलता मिलेको बैज्ञानिक महाविर पुनले बिहिबार ट्वीट गर्दैै उक्त कुरा उल्लेख गरेका छन् ।
पुनले स्कुल पढ्ने, अमेरिका जाने, नेपालमै बस्ने, वायरलेस प्रविधिबाट दुर्गम ठाउँमा इन्टरनेट पु¥याउने र राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउने सम्भावना एक प्रतिशत रहे पनि अहिले ती सबै काममा सफल भएको बताए ।
उनले राजनीतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने सम्भावना पनि एक प्रतिशत रहेको ट्वीटरमा उल्लेख गरे ।
‘गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान, आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यही रुपमा रहिरहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ,’ उनले लेखेका छन् ।
दीर्घकालीन सपनासहित मरिमेटेर काम गर्ने आम नेपालीहरुको लागि आवश्यक कानुन बनाउन नेताहरुले नसक्ने उनको जिकिर छ ।
‘दीर्घकालीन सपना सहित मरिमेटेर काम गर्ने आम नेपालीहरु को लागी आवश्यक कानुन बनाउन नेताहरुले नसक्ने र मन्त्रालयका सचिवहरूले कानुन छैन भनेर दुःख दिने तरिकाले देशको आर्थिक स्थिति सुध्रँदैन र त्यो कुरा कसैलाई पनि सह्य हुने छैन, ’ उनी भन्छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments