धावक मीरा रारामा
- असार १, २०८० मा प्रकाशित
कासिन न्यूज,
मुगु ।
प्रसिद्ध म्याराथन धावक मीरा राईले पर्यटकीय गन्तव्य मुगुको रारामा पहिलोपटक पाइला टेकेकी छन् । अन्तराल मिडिया एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले बुधबार रारा हुटुमा आयोजना गरेको रारा समिटमा भाग लिन आएकी राई राराताल पुगेकी हुन । उनी बेलुका राराताल हुटुदेखि दौडिँदै मुर्माकोट रोम रिसोर्ट पुग्ने र बिहान रिसोर्टबाट दौडिएर राराताल पुग्ने कार्यक्रम छ ।
“अग्लो ठाउँमा अवस्थित प्राकृतिक सुन्दरताले भरिपूर्ण राराले मेरो मन छोयो”, मीराले भनिन् , “अब रारालाई म्याराथन क्षेत्रमा अघि बढाउने सोच छ ।” बुधबार राराको किनारमा मीराले मुगुका ५० जनाभन्दा बढी युवायुवतीलाई म्याराथन विषयमा प्रशिक्षण दिएकी थिइन् । उकाली–ओरालीमा कसरी दौडिने भन्नेबारे मीराले यहाँका युवायुवतीलाई प्रशिक्षण दिँदै ताल वरपर दौडिन सिकाइन् ।
रारा समिटमा मुगुका सांसद ऐनबहादुर शाही, जिल्ला समन्वय समिति प्रमुख मञ्जनबहादुर कार्कीसहित सोरु, खत्याड, मुगुमकार्मारोङ गाउँपालिका र छायानाथरारा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष सहभागी भएका थिए । रारा समिटमा राराको विकास सम्भावना र चुनौती विषयमा बहस गरिएको आयोजक संस्थाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए । आगामी असोजमा रारामा आयोजना गरिने अन्तर्राष्ट्रिय म्याराथनलाई लक्षित गरी अहिले रारा समिट गरिएको उनको भनाइ छ ।
रारा समिटले राराको पर्यटकीय प्रवर्द्धनमा टेवा पुग्ने सम्भावना देखिएको सांसद शाहीले बताए । उनले भने, “प्रसिद्ध म्याराथन धावक मीराको रारामा आगमनले हामीलाई खुसी तुल्याएको छ ।” रारालाई म्याराथनमा परिचित गराउने मीराको ठूलो भूमिका रहेको सांसदको भनाइ छ । कार्यक्रममा कर्णालीमा खेलकुदको सम्भावना र चुनौती विषयमा सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीसँग बहस गरिएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments