सिटिजन लाईफ ईन्श्योरेन्स : जोखिमहरुको न्युनिकरण, आर्थिक क्षेत्रको सरलीकरण र भविष्यको लागि बचत
- असार २, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मानव जिवनमा देखा पर्ने विभिन्न खाले जोखिमहरुको न्युनिकरण, आर्थिक क्षेत्रको सरलीकरण तथा भविष्यको लागि वचत गर्ने प्रमुख माध्यम नै बीमा हो । आधुनिक आर्थिक क्षेत्रमा आएको परिवर्तन र द्रव्य शक्तिको सरल रुपमा समायोजन गर्ने माध्यम पनि हो बीमा।
अहिले क्षेत्रमा विमा आवश्यकता महसुस गरिन थालिएको छ । त्यसका साथै विभिन्न पूर्वाधार खडा गर्ने तरिकाहरुमा पनि परिवर्तन आउन थालेको छ । बीमा का विभिन्न कोणहरु रहेका हुन्छन् । सुरक्षित भविष्यका लागि पनि बिमाले महत्वपूर्ण भूमीका खेलेको हुन्छ । अहिले बीमा मानव जिवन सँग गाँसिएको एउटा भरपर्दो माध्यम पनि बन्न थालेको छ । आम मानिसलाई सामाजिक क्षेत्रमा उभ्याउन पनि बीमा को आवश्यकता महसुस गरिने गरिन्छ ।
ग्राहकहरुलाई आफू तर्फ आर्कषण गर्ने उद्देश्यले भक्तपुरको मध्यपुर ठिमीमा रहेको निलबाराही रिसोर्टमा सिटिजन लाईफ ईन्श्योरेन्स स्वयम्भू शाखामा कार्यरत एजेन्सी मेनेजरहरुले बीमा पोलिसी हस्तान्तरण तथा विमा सचेतना कार्यक्रम सम्पन्न गरेका छन् ।
विशेष गरि कार्यक्रममा बीमातहरुमा दोलखा जिल्ला स्थायी ठेगाना भई भक्तपुर जिल्ला मध्यपुर ठिमी वडा नं ९ मा बसोवास गर्ने न्यू पञ्चकन्या सप्लायर्सका सञ्चालक बाबुराम थापा, उनकी धर्मपत्नि गीता थापा र कोल्ड स्टोर्सका कर्मचारिहरु रहेका छन् ।
बीमा पोलीसि बुझि सके पछि “आफुले श्रम गर्दै गर्दा, केही आम्दानी गर्दै गर्दा भविष्यको लागि वचत गर्नु पर्छ, बीमाले सुरक्षा र बचत दुबै दिन्छ भनेर मैले आफ्नो र स्टाफ सबैको विमा गराएको रहेछन् न्यू पञ्चकन्या सप्लायर्सका सञ्चालक बीमित थापाले ।
कार्यक्रममा सिटिजन लाईफ ईन्श्योरेन्स बालाजु एरियाका एरिया प्रमुख विष्णु प्रसाद साप्कोटा, स्वयम्भू शाखा प्रमुख कल्पना कार्की, सिनियर एजेन्सि मेनेजर द्वय किशोर पख्रेल तथा भेषराज भट्टराईको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको व्यवस्थापन र सञ्चालन एजेन्सि मेनेजर सुरेश बाबु जमरकट्टेलले गरेका थिए । कार्यक्रममा एजेन्सि मेनेजर युवराज पराजुली , ध्रुव पराजुली सिटिजन लिडर हरेराम खड्का लगायतको उपस्थिति थियो ।
यस्ता प्रकृतिका कार्यक्रमले जीवन बीमाको क्षेत्रमा थप उर्जा प्रदान गर्ने तथा जनमानसमा रहेको जीवन विमा सम्बन्धि अनभिज्ञ्यतालाई चिर्दै विमितहरुले आफुले गरेको काम आफु, आफ्नो परिवार र समाजको लागि उदाहरणिय रहेछ भनेर थाहा पाउने हुनाले कार्यक्रमको आयोजना गरिएको एजेन्सि मेनेजर सुरेश बाबु जमरकट्टेलले जानकारी दिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments