सभापति देउवाको लागि अन्तिम परिक्षा : खाँणलाई कार्वाही गरेर कांग्रेसको बिग्रेको छवि सुधारौ
- असार २, २०८० मा प्रकाशित
सुधीर नेपाल ।
देशमा जति पनि राष्ट्रिय घटनाहरु भएका छन् । ती घटनाहरुलाई केलाउने हो प्राय ति घटनाहरुको मोड शुक्रबारमा आएर टुंगिएको छ । त्यस्तै १ गते शुक्रबार पनि यस्तै घटना घट्यो । त्यो हो नक्कली शरणार्थी प्रकरण । बिगतमा उठेका केही घटनाहरु जस्तै ३३ किलो सुनकाण्ड, ललिता निवास जग्गा प्रकरण जस्ता घटनाहरु ओझेलमा पर्दै आएकोमा नेपाली जनमानस एक प्रकारले न्याय देखी सरकार सम्म कसैको बिश्वास गर्न नसक्ने स्थितीमा थियो ।
प्राय जसो चियापसल देखी मदिरा सेवन स्थल सम्म नक्कली शरणार्थी प्रकरणको खुबै चर्चा चल्थ्यो । कसैले पनि सोचेका थिएनन कि नक्कली शरणार्थी प्रकरणले यति सजिलै किनारा लगाउँछ भनेर ।
सबैको मुखमा एउटै सुंगा रटाई थियो । यो घटनामा पनि त्यतिकै सेलाएर जान्छ । किनकी बिगतमा पढाएको पाठले पनि यो इगित गथ्र्यो । तर जनमानसको चासोलाई ठिक विपरित पारेर काठमाडौं जिल्ला अदालतले जसरी स्वच्छ न्यायालयको परिचय दियो । त्यसले आम नागरिकहरुमा एक प्रकारको खुशीयाली छाउन पुग्यो ।
देशमा न्याय मरेको छैन् भन्ने आभास शुक्रबार न्यायालयले गरेको निर्णयले प्रष्ट पारेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी अनि सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । यसरी झण्डै दुई महिना लामो अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत ३० जनाविरुद्ध ठगी, लिखित किर्ते, राज्य विरुद्ध र संगठित अपराध गरी १० जेठमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतमा २१ जेठदेखि नक्कली शरणार्थी प्रकरणमाथि थुनछेक बहस चल्यो । मंगलबार नै आदेश गर्ने गरी सुनुवाइको योजना बने पनि बहस लम्बियो र शुक्रबार इजलासले १६ जनालाई पुर्पक्षका लागि जगन्नाथ देवल (सुन्धारा) कारागार पठाउन आदेश दियो ।
शरणार्थी बनाएर अमेरिका पठाई दिन्छु भन्दै ठगी कार्यमा लागेका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री खाँण पार्टीबाट निलम्बन गर्ने बारेको निर्णय कांग्रेस सभापति शेरबहादुर देउवा विदेशबाट फर्के पछि मात्र गर्ने भएको छ । सभापति देउवा स्वास्थ्य उपचारको सिलसिलामा अहिले सिंगापुरमा छन् ।
आउने असार ७ गते सभापति देउवा स्वदेश फर्केपछि नेता खाँणका बारे निर्णय गरिने कांग्रेसका एक केन्द्रिय सदस्यले कासिन न्यूजलाई बताए । सभापति देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिए पनि उपसभापति खड्काले खाँणका बारे निर्णय नगर्र्ने भएका छन् ।
अदालतले दोषीको करार दिएपनि कांग्रेस भित्रका केही हस्तिहरु भने खाँणको मामिलामा केही बोल्ने छाँटकाँट देखाउँदैनन् ।
शुक्रबारको आदेश मुद्दाको अन्तिम फैसला भने होइन । जिल्ला अदालतको यो आदेश चित्त नबुझाउने पक्ष सरकारी वकिल वा आरोपितहरु उच्च अदालत जान पाउँछन् ।
तर माथिल्लो अदालतबाट फरक आदेश नहुँदासम्म पूर्व उपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सचिव टेकनारायण पाण्डे पुर्पक्षका लागि थुनामा रहने छन् । उता ‘कार्यबाहक जिम्मेवारी पाएपनि उपसभापति खड्काले आफनो टाउकोमा जोखीम लिन नचाहेको ति नेताले बताए ।
कांग्रेसका शीर्ष तहका एक बरिष्ठ नेताले कासिन संगको कुराकानीमा भने , ‘सभापति नआइकन यो विषयमा छलफल हुने देखिएन ।’ २७ वैशाखमा नक्कली शरणार्थी प्रकरणमा परेका खाँणलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । सभापति देउवाले खाँण पक्राउ परेकै दिन (वैशाख २७ ) मा पदाधिकारीसँग परामर्श गरेका थिए । सभापति देउवा खाँणको बिषयमा केही बोल्नु नपर्ने कुरा पहिला देखी नै बताउँदै आएका छन् । अर्थात उनी खाँणलाई जसरी पनि चोख्याउने दाउमा लागेका थिए
खाँणलाई निलम्बन गर्नुपर्ने र गर्न नहुने गरी शीर्ष नेतामा फरक फरक तर्क आएपछि देउवाले वैशाख २८ मा वर्तमान र पूर्व पदाधिकारीको संयुक्त बैठक डाकेका थिए । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए ।
सभापतिसहित बहुसंख्यक नेताहरुले निलम्बन गर्न नहुने अडान लिएपछि कांग्रेस खाँणको निलम्बनमा मौन रहेको थियो । निलम्बन गर्न नहुने पक्षमा रहेका नेताहरुले कांग्रेसमा विगतमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकालाई समेत निलम्बन नगरिएको नजिर देखाएका छन् ।
खाँण थुनामा पुगेपछि समेत पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने विषयमा कांग्रेसको कुनै धारणा आएको छैन ।
उता यही घटनामा थुनामा रहेका नेता टोपबहादुर रायमाझीलाई भने एमालेले सचिव पदबाट निलम्बन गरिसकेको छ । शुक्रबार पुर्पक्षका लागि थुनामा पठाइएपछि रायमाझीको सांसद पद पनि निलम्बनमा परेको छ ।
प्रहरी अनुसन्धानका क्रममा र अदालतमा भएका बयानको क्रममा खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश भएपछि पनि यो प्रकरणमा आफू संलग्न नभएको जिकिर गरिरहेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यौपानेको इजलासले पाँच आधारसहित खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण असंलग्न रहेको भन्न नमिल्ने निष्कर्ष निकालेको छ ।
इजलासले भुटानी शरणार्थी समस्या समाधानका लागि बनेको बालकृष्ण पन्थी कार्यदलले बुझाएको प्रतिवेदनको नक्कल कपी खाँणकै पालामा गृह मन्त्रालयमा तयार भएको ठहर गरेको छ । यो प्रकरणका योजनाकार केशव दुलाल र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको सम्वाद र पाण्डेको बयानबाट समेत यो कसूरमा पूर्वगृहमन्त्री खाँणको संलग्नता देखिएको अदालतको ठहर छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments