३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरे व्यापारीले

- असार ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

कालिमाटी थोक तथा खुद्रा बजार समितिले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको जनाएको छ ।
समितिका अध्यक्ष गीता आचार्यले किसानले गोलभेंडा फ्याँकेको बताए । ‘बजार मूल्य नपाएपछि किसानले गोलभेंडा फ्याकेका हुन् । करिब ३० हजार किलो गोलभेंडा कालिमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ,’ आचार्यले भने, ‘रामकोट, नागार्जुन, थानकोट लगायतका क्षेत्रमा फलेका गोलभेंडा फ्याँकिएको छ ।’


गोलभेंडा किसानले नै फ्याँकेको दाबी भने शंकास्पद छ । कालिमाटी तरकारी बजारकै केही व्यापारीहरुले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको दाबी गरेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेको बताए ।
कालिमाटी बजार बिकास समितिले आइतबारका लागि टनेल सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ । तर,काठमाडौंमा खुद्रा बजारमा प्रतिकिलो ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर