तेक्वान्दोका नायक बिष्ट : खेलकूदको भित्री दुनियाँ रस बिना भएपनि बाहिरी दुनियाँलाई मुहारको मधुर रस दिईरहेका छन्
- असार ३, २०८० मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
पाकिस्तानमा दायाँ र बंगलादेशमा बाँया खुट्टाले काम गर्न छोड्यो । एउटा उक्ती नै छ खेलाडी भनेको घोडा हो । जसको जोश र जाँगर त्यतिबेला सम्म रहन्छ । जब सम्म उसको शरीरका महत्वपूर्ण अंग हात र खुट्टा चलमलाई रहेका हुन्छन् । जब यी दुबै अंगले साथ छोड्छ उसको जिवन पनि व्यर्थको संसारमा रम्न थाल्छ ।
१० औं साफ खेल सम्म निकै जोश र जाँगरको संगम थियो । नेपाल र नेपालीलाई खेलको संसारमा परिचय गराउने ठूलो चाह पनि राख्थ्यो । तर अहिले केही उदास र उराठपना देखीन्छ उसको मुहारमा । खेलकूदको भित्री दुनियाँ रस बिना भएपनि उसले बाहिरी दुनियाँलाई मुहारको मधुर रस दिई राखेको छ ।
खेल खेल्नु मात्र पर्छ । गोल्ड मेडलले उसलाई पछ्याई हाल्छ । अर्थात गोल्ड मेडल उसको खेलकूदको सारथी नै बनेको थियो । नेपाली खेलकूदमा गोल्ड मेडलको बर्षा गराउने यी अद्भुत नायककोे परिचयले नै नेपाली खेलकूद टिकेको छ भन्दा पनि फरक पर्ने छैन् ।
आफनो पालोमा मेडल ओरीयन्टेड गेमको एउटा नायक बनेका खेलाडी हुन् दिपक बिष्ट, ४७ । खेलकूद त्यसमा पनि मार्सल आर्टस अन्र्तगतको तेक्वान्दो खेलमा बिष्टको परिचय दिई राख्नुपर्ला जस्तो लाग्दैन् । तेक्वान्दोका पूर्ण नायक बन्न पुगेका बिष्टले आफनो जीवनको पूर्ण समय खेलकूदमा बिताएका छन् ।
बेला बेला टाउको तिर हात लगाउँदै उनी आफनो समयको खेलकूद यामको बारेमा सम्झन खोज्दै भन्छन् , ओहो १० वर्ष पो भएछ खेलकूदबाट टाढिएको , समय पनि कति चाँडो जाँदो रहेछ । तेक्वान्दोबाट सन्यास लिएको पनि १० वर्ष पुगेछ । तर आफूलाई सम्हालेको खेलको माया भने अहिले बेजोड रहेछ ।
उनको खेल जिवनको अन्तिम काल भने बंगलादेश रहेछ । बंगलादेशमा भएको साफ खेलकूद पछि चिकित्सकको सल्लाहमा उनले खेलकूदबाट पूर्ण रुपमा विदा लिएका रहेछन् । उनको मनमा हरेक क्षण एउटै कुराले पिरोल्दो रहेछ । त्यो के भन्दा बिष्ट बिस्तारै जवाफ दिन्छन्, देशमा यत्रो मेडल ओरीयन्टेड खेल छ त्यसका पनि एक से एक खेलाडीहरु आईरहेका छन् । तर खेलकूदको लगानीकर्ता र यसका मुखीयाहरुको खेल प्रति त्यति चासो नदेख्दा बिष्टको मन अमिलो भएर आउँछ । खास भन्नुपर्दा नेपालमा खेलकूदलाई हेर्ने नजरमा अहिले सम्म बदलाव आएको छैन् ।
यसलाई खाली खेल अवधिभरका लागि मात्र प्रयोग गर्ने चलन बढ्न थालेको छ । जसले गर्दा यस्ता खेलहरुले सोचे जस्तो नतिजा ल्याउन नसकेका हुन् । यसको स्पष्ट कारण के हो भन्दा बिष्टले सहज जवाफ दिए यहाँ अर्थात नेपालमा खेलकूद क्षेत्रमा गरिने लगानि निकै कम छ । अझ भनौ खेलकूदको व्यवस्थापन र लगानीको समिश्र्रणको कमीको कारण पनि यस्ता मेडल ओरीयन्टेड खेलहरुले सोचे जस्तो नतिजा ल्याउन नसकेका हुन् ।
हामीमा क्वालिफाइड र पार्टीसिपेन्टमा रमाउने प्रचलन छ । जसले गर्दा मेडल प्राप्त गर्ने तर्फ कसैको पनि ध्यान गएको हुँदैन । खेलाडीहरुलाई पनि त्यही अनुसार टे्रन्ड गराउने चलन बढेर गएको छ । खाली एसियन गेममा गोल्डको दावी गरिन्छ भने ओलम्पिकमा मेडल सम्म पाए धन्य भन्छन् बिष्ट । आफनो खेल जिवनकालमा साउथ एसियन गेम्समा गोल्ड मेडलको वर्षा गरेका बिष्ट नेपाली खेलकूदमा सबैभन्दा बढी गोल्ड मेडलको भारी बोक्ने खेलाडीको रुपमा दरिएका छन् । साउथ एसीयन गेम्समा लगातार ४ पटक स्वर्ण जित्ने र एसीयन मा लगातार २ कास्य पदक जिती एतीहास बनाउने पहिलो नेपाली खेलाडी हुन् बिष्ट ।
तर बिडम्बना जब उनले खेल जिवनबाट सन्यास लिँदै एउटा प्रशिक्षकको रुपमा तेक्वान्दोमा देखीन थाले । उनलाई लागेको थियो अन्य खेलाडीहरुलाई आफनो पदचापमा ल्याउने छु । तर सोचे झै हुन्न जिवन भने झै बिष्टको खेलकूद जिवन पनि सोचे झै भएन । आफनै अगाडी आफनै खेलमा नेपाल पछाडी पर्दा उनको मन थामिनसक्नु भएको रहेछ । त्यति बेला उनले सोचे छन् , यही आफू खेलाडी भएर भिडेको भए मेडल त ल्याउँथे कि ? एउटा खेलाडीलाई मेडल बिना खेलबाट बाहिरीनु पर्दाको क्षणको राम्रो अनुभूती उनले प्रशिक्षक भएपछि मात्र प्राप्त गरेका रहेछन् ।
यसरी घिसिपटीमा चलेको खेलकूदमा १३ औं साफमा भने हल्का चमत्कार भएको रहेछ । बिष्टले पनि आफूले दिने प्रशिक्षणमा कुनै कसर बाँकी राखेका रहेनछन् । त्यसैको फलस्वरुप बिष्टकी श्रीमति तेक्वान्दोकी महिला खेलाडी आयशा शाक्य सहितको टोलीले गोल्ड मेडल हासिल गर्दा बिष्टको मनले आकाश छोएको रहेछ ।
तेक्वान्दो खेललाई उकास्न कुनै कसर नराख्ने बताउने बिष्टले खेलप्रतिको लगाव स्वास्थ्यमा समेत असर गरेको रहेछ उनलाई खेलको तनावले मेडिसिन समेत खानु परेको रहेछ । अहिले पनि उनी महसुस गर्छन यदी तेक्वान्दो खेल तल झर्यो भने त्यसको प्रभाव आफूमा पर्छ । उनी भन्छन् , आफनो जिवनको मूल उद्देश्य भनेको नै तेक्वान्दो खेलको उन्नति नै हो । चाहे त्यो खेल खेलेर होस् वा खेल खेलाएर होस् देशको लागि मेडल ल्याउनु र देशको झण्डा फहराउनु हो ।
कुरा गर्दै जाँदा तेक्वान्दोका नायकलाई जहिले पनि मनमा खट्किएको कुरा भने नेपाली खेलकूदमा देखीएको राजनीतिक ताण्डव रहेछ । बिष्ट भन्छन् , यही ताण्डवले नै खेलकूदले उन्नतिको पथमा लम्किन सकेको छैन । सरकार देखी खेलकूदको केन्द्रिय संस्थाको अपेक्षाको बिन्दूमा खेलकूद परेकोले अवस्था यस्तो आएको हो ।
२१औं शताब्दीको परिधि र आधुनिक खेलकूदको आगमन भै सक्दा पनि यस्का संरक्षकहरुमा देखीएको पुरातन प्रवितिले खेलकूद अगाडी नबढेको बिचार बिष्टको छ । भन्छन्, यहाँ अहिले सम्म पनि खेल संस्कृतिको बिकास भएको छैन् अझ भनौ खेलकूदमा लगानि गर्छु भन्ने व्यवसायिक घरानाहरुले खेलकूदलाई सर्पोट गर्न छोडेकोले पनि स्थिती यस्तो आएको हो ।
सूदूरपश्चिमको कञ्चनपुरमा जन्मिएका बिष्टले आफनो जिवनको मुख्यकाल भने कैलालीमा बिताएका रहेछन् । अहिले पूर्ण रुपमा खेलकूदबाट बिश्राम लिएका बिष्ट बाहिरबाट खेलकूदलाई नियाँलिरहेका छन् । भन्छन् , तेक्वान्दो मेडल ओरियन्टेड गेम हो तेक्वादोमा एसीयन १४ वर्ष यता पदक बिहिन भएपनि अब चाँही मेडल चुम्न पाइन्छ कि ?
जहिले पनि खेल खेलाडीहरुको महत्वलाई अगाडी ल्याउन खोज्ने बिष्ट अहिले नेपाल ओलम्पियन खेलाडी संघको अध्यक्ष छन् । उनको नेतृत्वमा बिगत देखी अहिले सम्म ओलम्पिक खेलको माध्यमले देशलाई चिनाउने खेलाडीहरु एकिकृत भएका छन् । यसरी पुराना खेलाडीहरुलाई एकिकृत गरेर उनीहरुलाई बिगत सम्झाई दिन पाउँदा बिष्टको मन भित्र देखी आन्नदीत भएर आउँदो रहेछ ।
घोडाको टाप शनि ग्रह सङ सम्बन्धित धातु हो। यदि लग्न कुण्डलिमा शनि ग्रह कमजोर अवस्थामामा छ भने लगाउनु पर्दछ । भन्ने धार्मीक मान्यता छ । जसरी घोडा दौड्ने अवस्थामा हुँदैन । तै पनि घोडाको टापको महत्व हुन्छ भने झै तेक्वान्दोका नायक बिष्टको महत्वलाई पनि खेलकूद क्षेत्रले बुझ्नु जरुरी छ । किनकी बिष्टले खेल खेल्न नसके पनि खेल खेलाउन भने सक्छन् । उनको नेतृत्वदायी भूमीकालाई अगाडी ल्याउनु जरुरी भै सकेकोे छ मेडल ओरीयन्टेड खेल तेक्वान्दोको लागि ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments