जलवायुको अत्यधिक परिवर्तनले मानव अस्तित्व नै लोप हुने खतरा प्रवल हुँदै
- असार ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
ललितपुर ।
वायुमण्डलमा हुने कार्वनडाइअक्साइड नामक रसायनको मात्रा बढ्दै जाँदा जलवायुको अत्यधिक परिवर्तनले मानव अस्तित्व नै लोप हुने खतरा प्रवल हुँदै गएकोमा चिन्ता प्रकट गरिन थालीएको छ ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) मा भएको कार्यक्रममा प्रा. डा. ताराप्रकाश भट्टले यस विषयमा प्रकाश पारेका थिए । अन्तर्राष्ट्रिय ख्यातीप्राप्त पेशागत जर्नलहरूमा दर्जनौं शोधपत्रहरू प्रकाशन गरिसकेका प्रा. डा. भट्टले नेपालमा जलवायु परिवर्तनको चाप बढ्दै गएको पनि बताए ।
केही पश्चिमा वैज्ञानिकहरूले पृथ्वीमुनी रहेको भौगोलिक प्लेटहरूमाथि आउने क्रममा माटोमुनी रहेका रसायनहरू हावासँग प्रत्यक्ष सम्पर्कमा आई रासायनियक प्रक्रियाबाट वायुमण्डलमा अक्सिजनको मात्रा बढ्न गई हावाको तापक्रम घट्ने संकेत दिइरहेको बेलामा प्रा. डा. भट्टले यहाँको माटोमा भएको जीवाणुहरूले प्रयोग गर्ने अक्सिजनको मात्रा पनि बढ्ने र माटोमा रहेको पाइराइट धातु अक्सिजनसँग रियाक्शन भई अक्सिजन फेरी माटोमै मिसिने भएकोले प्राकृतिक तवरबाट नै
कार्वनडाइअक्साइड र अक्सिजनको सन्तुलन कायम हुने अनुमान आफ्नो शोधबाट आएको जानकारी दिए । विश्वका अन्य देशहरू र नेपालकै लाङटाङ हिमाल क्षेत्रमा गरिएको अनुसन्धानबाट एउटै निष्कर्ष निस्किएको जानकारी दिँदै प्रा. डा. भट्टले नेपालमा मात्र अनुसन्धान गर्न आधारभूत तथ्याङ्कको कमि रहेकोले विदेशी संस्थाहरूसँग सहकार्य गरी नेपाली र विदेशी क्षेत्रमा सँगै काम गर्दा शोध परिणामको वस्तुगत तुलना गर्न सकिने र यसले शोध परिणामको विश्वसनियता बढ्ने जानकारी दिए ।
नेपालमा जल तथा मौसम विज्ञानलाई नै आफ्नो पेशागत कार्यक्षेत्र बनाएमा विज्ञहरूको छाता समूह सोहम नेपाल तथा नेकको अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सोहम नेपालका उपाध्यक्ष शिवकुमार महतो, महासचिव केएन दुलाल तथा नेकबाट रबर्ट डंगोल, प्रतिक सिं ठकुरी, डा. नारायणप्रसाद कोजू तथा अन्तरविधा जलश्रोत व्यवस्थापन कार्यक्रमका विद्यार्थीहरूले भाग लिएका थिए ।
कार्यक्रमको अध्यक्ष तथा नेकका प्राचार्य तथा सोहम नेपालका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठले यस प्रकारको शोध कार्यक्रममा नेपालका शोधकर्ताहरूलाई पनि समावेश गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments