‘आदिपुरुष’का ओम राउतको नौटंकीले निम्त्याएको विवाद : आर्थिक उर्पाजनको नयाँ तरिका
- असार ३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
हंगामा र हावादारीको लागि बलिवुड चलचित्रका निर्माताहरु बिश्व चलचित्र जगतमा एक नम्वरमा आउने गर्छन् । कुनै पनि चलचित्रलाई प्रर्दशन पहिले नै विवादमा ल्याएर त्यसको फाइदा लुट्ने तौर तरिकाको लागि बलिवुडलाई सिकाई राख्नु पर्दैन् ।
अहिले पनि भर्खर प्रर्दशनमा आएको चलचित्र ‘आदिपुरुष’लाई लिएर हंगामा मच्चाउने उद्देश्यले यसका निर्माताहरु विभिन्न तौर तरिकाहरु अपनाई रहेका छन् ।
सामाजिक सञ्जालको लाइक र सेयरको ठूलो बिधा बनेकोे चलचित्र ‘आदिपुरुष’ को अहिले चर्को आलोचना भै रहेको छ ।
बिना अध्ययन र आधार बिना चलचित्रमा आफनो राष्ट्र मात्र नभएर अन्य राष्ट्रमा समेत आलोचना हुने संवाद देखी धार्मीक अस्तित्वका कुराहरुलाई बिभिन्न आलोचनात्मक शैलीमा प्रस्तुत गर्न खोजीएको कारण ‘आदिपुरुष’ बिवादमा परेको छ । ‘सीता भारतकी छोरी हुन् भन्ने रचित कुरा चलचित्रमा ल्याइएको छ । त्यसले नेपाल र भारतको धार्मिक मित्रता पनि कति असर गर्छ भन्ने कुरा चलचित्रका निर्माताहरुले बुझेनन वा अध्ययन गरेनन ।
चलचित्रलाई बक्स अफिसमा चर्चाको दायरामा ल्याउन लागि गरिएको फिल्मी हंगामा मात्र हो भन्नेहरु पनि छन् । नत्र जाने बुझेका निर्माता निर्देशकहरुले किन यस्तो फण्डा गर्छन् ।
अहिले भने नयाँ विवाद सुरु भएको छ । फिल्मका सदस्यले केही सामाजिक सञ्जाल प्रयोगकर्तालाई नकारात्मक समीक्षा हटाउनका लागि पैसाको अफर गरिरहेका छन् । ती सदस्यहरुले सामाजिक सञ्जालमा आफूलाई आएका अफरको स्क्रिनसट राख्न थालेका छन् ।
‘केही एजेन्सीहरुले मलाई टी–सिरिज र आदिपुरुषको तर्फबाट सन्देश पठाइरहेका छन् । उनीहरुले मलाई तपाईंको ट्वीट डिलिट गर्नु भनेर भीख मागिरहेका छन् । यसको बदलामा उनीहरुले मलाई पैसाको अफर गरेका छन् । क्षमा गर्नुहोला, तपाईंले गलत मान्छे छनोट गर्नुभएको छ’, रोशन राय नामका ट्वीटर प्रयोगकर्ताले ट्वीट गरेका छन् ।
अर्का प्रयोगकर्ताले पनि आफूलाई निर्माताले पैसाको अफर गरेको दाबी गरेका छन् । ‘आदिपुरुष टिमले मलाई फिल्मको सकारात्मक समीक्षा लेख्न प्रति ट्वीट ६५ सय रुपैंयाँ दिने कुरा गरेका छन् । तर म बिकाऊ होइन’, ती प्रयोगकर्ताले लेखेका छन् ।
तमाम विरोधका बाबजुद फिल्मले पहिलो दिन विश्वव्यापी रुपमा १ सय ४० करोड रुपैंयाँको कारोबार गरेको छ । ओम राउत निर्देशित फिल्ममा प्रभास, सैफ अली खान, र कृति सेनन प्रमुख भूमिकामा छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments