आईसीसी विश्वकप छनोट : नेपालद्वारा जिम्बाबेलाई २९१ रनको चुनौती

- असार ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आईसीसी विश्वकप छनोट खेलमा नेपालले  जिम्बाबेलाई २९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २९० रन जोडेको हो । नेपालका लागि सर्वाधिक कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्काका मद्दतमा ९९ रन जोड्दा आसिफ शेखले १०० बलमा ७ चौकाको मद्दतमा ६६ रन जोडेका थिए । 

यस्तै कुशल मल्लले  ४२ बलमा २ चौकाको मद्दतमा ४१ रन र कप्तान रोहित पौडेलले २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन जोडेका थिए । आरिफ शेखले १०, गुल्सन झाले १३ जोडेका हुन् । अब केहीबेरमा जिम्बाबेले जवाफी ब्याटिङ गर्नेछ । 
 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर