मेयर बालेनको बोल्ड डिसिजन – हिन्दी चलचित्र प्रर्दशनमा पूर्ण रुपले निषेध गरियो

- असार ३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

केही वर्ष पहिले बलिवुड नायक रितिक रोशनले नेपालको बारेमा नकरात्मक टिप्पणी दिँदा जसरी संघीय राजधानीमा आगो बलेको थियो । निकै हंगामा मच्चाएको रितिक काण्डले संघीय राजधानीलाई राम्रै सँग तताएको थियो ।
तर अहिले परिस्थिती त्यस्तो नभए पनि भारतिय चलचित्रकर्मीहरुले आफनो फण्डाको लागि नेपालको धार्मीक देखी अन्य कुराहरुमा प्रयोग गर्नु भनेको ठूलो कुरा भने होइन् ।
भारतिय सञ्चार माध्यम देखी बलिवुड सम्मले बेला बेला नेपालको बिषयलाई बिभिन्न टिकाटिप्पणीहरु बाहिर आईरहेका हुन्छन् । अहिले पनि संघीय राजधानीमा हटकेक रुपमा चर्चा चलिरहेको बिषय हो बलिवुडमा भर्खर मात्र प्रर्दशनमा आएको आदिपुरुषको सम्वन्धमा हो । नेपालको धार्मीक पक्षलाई समेटेर प्रचारमा ल्याईएको आदिपुरुषमा सीतालाई भारतिय नारी बनाएर संवाद लेखिएको छ ।

यही बिषयलाई आइतबार देखि काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाईएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह बालेन्द्रले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न सोमबा देखि निषेध गरिएको बताएका हुन्
। सामाजिक सञ्जालमार्फत उनले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले हटाउन आह्वान गरेको स्मरण गरेका छन् ।
नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह नभएको उनको भनाइ छ ।

‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’, शाहले भनेका छन् ।

बालेन्द्रले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने बताएका छन् । उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको साहले स्पष्ट गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर