विवाहित महिलाहरुको सुन्दरी प्रतियोगीता : ‘द मिसेस नेशनल २०२३’ को ताज अनितालाई
- असार ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विवाहित महिलाहरुबीच ललितपुरमा सम्पन्न सौन्दर्य प्रतियोगिता ‘द मिसेस नेशनल २०२३’ को ताज अनिता यादवले चुमेकी छन् । क्रिजोना मिडिया गु्रपले ललितपुरको म्युजिक सिटी हलमा आयोजना गरेको प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि छोड्दै अनिताले उपाधि जितेकी हुन् ।
उनले भ्युवर्स च्वाईस अवार्डलाई पनि आफ्नो बनाउन सफल भइन् । लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपा थानी फस्ट रनर्सअपका साथ वेस्ट पर्सनालिटी र समिक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्टेड भएका थिए ।
विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसीप्लेन, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना राय मस्ट आइकोनिक, विभा यादव वेस्ट स्माइल, विन्दु शाह मस्ट फोटोजेनिक, अस्मिता ठाकुर मस्ट कन्फिडेन्ट, सिर्जना खाँण वेस्ट फिगर र सिर्जना यादव वेस्ट वाक उपउपाधि विजेता भए।
प्रतियोगिता मोडल दीपक घिमिरे, एभरेष्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, फेसन डिजाइनर सुकनीता चौलागाईं र जुम्बा इन्सट्रक्टर प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए ।
आयोजक संस्था क्रिजोना मिडिया गु्रपका प्रवन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरुलाई चार घेरभित्र बाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरुमा अन्र्तनिहीत प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्येश्यले द मिसेस नेशनलको आयोजना गरिएको बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments