जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु
- असार ४, २०८० मा प्रकाशित
कासिन न्यूज,
हुम्ला ।
हुम्लाको नाम्खा गाउँपालिका २ मा बोलेरो जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका ५ कालिपुरका २५ वर्षीय राजेश तामाङ रहेका छन् ।
जिल्ला अस्पतालमा उपचारको क्रममा बिहान साढे ९ बजे तामाङको मृत्यु भएको हो । सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश ३–०१–०२२ च ५१ २६ नम्बरको बोलेरो जिप सोमबार बिहान साढे ७ बजे सडकबाट अन्दाजी ७० मिटर तल कर्णाली नदीमा खसेको थियो ।
अप्ठ्यारो बाटोका कारण यात्रुलाई घटनास्थलबाट अन्दाजी १५ मीटर अगाडी झारेर अगाडी बढाएको जिप अनियन्त्रीत भई नदिमा खसेको हुम्ला प्रहरीले जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments