जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट : नेपाल र अमेरिकाको खेल हुँदै
- असार ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
आईसीसी एकदिवसीय विश्वकप छनोटमा मंगलबार नेपालले समूह चरणको दोस्रो खेल खेल्दैछ । जिम्बावेमा जारी समूह चरणको दोस्रो खेलमा नेपालले मंगलबार अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेको हो ।
पहिलो खेल जिम्बावेसँग आठ विकेटले पराजित नेपाल पहिलो जितको खोजीमा छ । अमेरिकासँगको खेल ताकाशिंगा स्पोर्ट्स क्लबमा मंगलबार दिउँसो १२ः४५ बजे सुरु हुँदैछ ।
नेपाल जस्तै अमेरिकासमेत प्रतियोगितामा पहिलो जितको खोजीमा छ । अमेरिका पहिलो खेलमा वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।
नेपाल र अमेरिकाबीच यसअघि ६ वटा एकदिवसीय प्रतिस्पर्धा भएका छन् । जसमा जसमा नेपालले तीन जित, दुई हार र एक बराबरी गरेको छ ।
पहिलो खेलमा बलर नचल्दा जिम्बावेसँग आठ विकेटले पराजित नेपाललाई छनोट चरण पार गर्न अमेरिकासँगको खेल जित्नैपर्ने दबाब छ ।
नेपाल समूह ‘ए’ मा छ । नेपालले समूहको तेस्रो खेल असार ७ गते वेस्ट इन्डिज र अन्तिम खेल असार ९ गते नेदरल्यान्ड्ससँग खेल्दैछ ।
१० टोली सहभागी खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई छन् । फाइनल पुग्ने दुई टोली अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments