प्रतिनिधि सभा बैठकः तीन मन्त्रालयको बजेट माथी छलफल हुने

- असार ५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ ।  संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।  

मंगलबारको बैटकमा विनियोजन विधेयक २०८० माथीको छलफल जारी रहनेछ । जसअनुसार बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथी छलफल हुनेछ।

 सोमबारको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल  सकिएको थियो ।

 
 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर