जेलमा खाँण : म धार्मिक स्वभावको मान्छे पनि हुँ, के गर्नु यस्तै लेख्या रैछ !
- असार ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
‘म धार्मिक स्वभावको मान्छे पनि हुँ, के गर्नु यस्तै लेख्या रैछ ! जता बसेपनि जेल जेलै हो’ तर ‘कारागार अहिले पहिलेको जस्तो रहेनछ ।’ नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले कारागार भित्र भनेका कुरा हुन् ।
राजनीति नै यस्तो रुप हो जसले मानिसको जिवनलाई कि तहसनहस पारिदिन्छ कि पूर्ण रुपले परिवर्तन गरिदिन्छ ।
खाली यसलाई प्रयोग गर्न मात्र जान्नु पर्छ । अविस्वास माथि विश्वासको आधार पनि हो राजनीति । कसले कहाँ कति खेर जाक्छ थाहा हुँदैन । विधार्थी राजनीति देखी राष्ट्रिय राजनीति सम्म निकै चर्चाको नाम थियो नेपाली कांग्रेसका युवा नेता खाँणको । सबैलाई समेटेर लान सक्ने र नेतृत्वदायी गुण भएका नेताको रुपमा उनी जहिले पनि चर्चामा हुन्थे । माथिल्लो नेतृत्व पनि उनको कार्यशैली देखी प्रशन्न थिए ।
बिस्तारै बढ्दै गएको राजनीतिक चर्चाले खाँणमा केही परिवर्तन आउन थालेको उनका निकटहरु बताउँछन् । त्यसमध्ये सबै परिवर्तीत कुरा थियो आर्थिक पक्ष । खाँण अहिले नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । विद्यार्थी आन्दोलनका क्रममा २०३६ सालमा पनि आफू जेल बसेको स्मरण गर्दै खाँणले जेल आफूले पहिले सोचे जस्तो नभएको बताए । ‘यहाँ त आन्तरिक प्रशासनका मान्छे पनि एकदम सहयोगी रहेछन्, सबै मिलनसार’, खाँणको भनाइ उद्धृत गर्दै जेल स्रोतले भन्यो ।
२९ असार २०७८ देखि १३ माघ २०७९ सम्म गृहमन्त्री भएका थिए खाँण । जिल्ला अदालत, काठमाडौंले १ असारमा खाँण, रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेश कार्यान्वयनका क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई केन्द्रीय कारागार लगेको थियो ।
बयानका क्रममा खाँणले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका थिए । उनले देशी–विदेशी शक्तिले आफूलाई फसाएको दाबी गर्दै आएका थिए । तर, अदालतले तत्काल उपलब्ध प्रमाणहरुबाट उनी दोषी होइनन् भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments