राजस्व चुहावट मुद्दा : कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद
- असार ५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विशेष अदालतले मंगलबार आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित कर फर्छ्योट आयोगका पदाधिकारीलाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महतलाई नौ वर्ष एक महिना, सदस्य उमेश ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मालाई नौ वर्ष कैद सजाय हुने फैसला गरेको विशेष अदालतका प्रवक्ता तथा उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले जानकारी दिए ।
उनका अनुसार कैद सजाय हुने फैसला भएका तीनै जनालाई जनही रु दुई अर्ब पाँच करोड २३ लाख ४८ हजार नौ सय ४९ बिगो र जनही रु चार अर्ब १० करोड ४६ लाख ९७ हजार आठ सय ९८ जरिवाना तोकिएको छ । यसअघिको सुनुवाइमा उनीहरुलाई दोषी ठहर गरिएकोमा सजाय तोकिएको प्रवक्ता तथा उपरजिस्ट्रार योगीले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments