कविता : म र मेरो विहानी

- असार ६, २०८० मा प्रकाशित


युवराज घिमिरे

बिहानिको चिसो हावा संगै
असारे सिमसिम झरी ..
खिड्किनिको कुनाबाट बहने चिसो हावासंगै
मिठा मिठा कल्पनाले बिउँझाउँछ मलाई

गौंथलीको चिरविर चिरविर मधुरो धुनमा
तङ्ग्राउँछ तातो चुस्कीहरुले तनलाई ।

मेरा ती कलकलाउँदो रहरहरुले
भालेको डाकलाइ स्वागत गर्दै गर्दा ।
घामको पहिलो किरण संगै
सुम्सुम्याउँन आइपुग्छन नयाँपनले।

मैले देख्ने त्यो हर बिहान–
मैले पिउने चियाका हरेक घुट्कीहरू
मैले टेक्ने विहानिका पाइलाहरु
हरेक विहानी बोकेर आउँछन्
अतितको मिठो सम्झनाहरु……..

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर