चलचित्र संसार : भारतिय चलचित्र (आदिपुरुष) लाई प्रतिबन्ध लागाउनु पर्ने कारण

- असार ६, २०८० मा प्रकाशित


प्रमोद जोशी,
काठमाडौं ।

त्रेता युगको कथालाई काल्पनिक रुपमा अहिलेको भाषा, संस्कृति र जिवनशैलीमा प्रयोग गरि जसरी आदिपुरुष नामक चलचित्र निर्माण गरिएकोे छ । त्यो हिन्दू संस्कृति अनुसार सरासर गलत छ । जसरी राम र सीतामा अहिलेको आधुनिक जिवनशैली प्रवेश चलचित्र निर्माण गरिएको छ । त्यो संयोगात्मक हिसाबले चर्चित होला । चलचित्रले आर्थिक उर्पाजनका बाटो पाउँला । तर त्यसले हिन्दू संस्कृतिम माथि कस्तो असर गर्छ । त्यो सोच्नु पर्ने बिषय भएको छ ।
आफनो सन्तान आफु जस्तै होस भन्ने प्रायः सबैको चाहना हुन्छ तर आफना कमजोरी चाहिँ सन्तानमा नआओस भन्ने अदृश्य प्रयास पनि अभिवाबकमा हुन्छ नै !
आफू बिग्रे पनि भविष्यका कर्णधार प्रति सचेत हाम्रो चेतनाले जब आदिपुरुषमा रामायणलाई टपोरी कथामा समेटन खोज्यो तब जागृत भयो हामी भित्रको सुतेको हनुमान ।
सिनेमा मा “जानकी भारत कि बेटि है“ भन्ने डायलग त कतै छैन बरु, रामलाई भारतको मात्रै भगवान मानेको डायलग छ । “कोहि भारत कि बेटि पे हात डालेगा तो मै उसकी…“ भन्ने सँकुचित डायलगले मानौ पुरुषोतम राम भारतका मात्र हुन अन्य ठाउँमा भएको अत्याचारको उनलाई केही अर्थ छैन भन्ने संन्देश पनि दिन खोजीएको छ ।
त्यस्तै, हनुमानलाइ स -सानो कुरामा तर्सिने पात्रमा चित्रण गरिएको छ जबकी डर भगाउन हामी हनुमान चालिसा पढ्ने गर्छौ ।
रामलाई अयोध्याका र सितालाइ मिथिलाको भनी संसार चिन्दछ । अयोध्या र मिथिलाका राष्ट्रियता आपसमा जोडिएका छन । रामलाइ भारतिय र सीता माता लाई नेपाली भन्नू भगवानलाई कुनै देश सङ्ग जोडनु हो र सँकुचित पार्नु हो ।
हनुमान कुन देशका हुन थाहा छैन तर उनको आराधना सारा बिश्वका सनातनी आफ्नो घरघरमा गर्दछन । बरु, सीता माता जन्मेको जनकपुरलाई विश्व सामु चिनाऔ उनको आदर्श छबिलाइ आउने पुस्ताको मन मस्तिष्कमा पु¥याउन कसरत गरौ र भनौ सीता जन्मेको स्थान जनकपुरमा हाम्रो गौरबशाली देश नेपालमा पर्द्छ । सांस्कृतिक गौरबलाइ बिषयान्तर गरि राजनीतिक बनाउनु सर्बदा गलत हो !
आदिपुरुषलाई प्रतिबन्ध लागाउनु पर्ने अन्य कारणमा,
१.हनुमानले बोलेको डायलग कपडा भि तुम्हारे बाप का, तेल भि तुम्हारे बाप का और जलेगी भि तुम्हारे बाप कि भन्ने भल्गर डायलग ।
२. राबणले पुष्पक बिमानलाइ मासु खान दिएको ।
३. राबणको लंका सुनको सट्टा कालो देखाएको र राबणलाई बिना मुकुट देखाएको ।
४. कुनै पनि दृष्यमा रामलाइ आदर्श देखिने प्रयास कतै नदेखिनु ।
५. सुग्रीबलाई लाई जिम्मेवार भन्दा जोकरको रुपमा पेश गर्नु ।
यो सिनेमाले हाम्रो इतिहास सभ्यता र संस्कृतिलाइ नयाँ ढाँचामा ढाल्ने कुत्सित प्रयास गरिएको छ । कुनै डायलग चेन्ज हैन पुरै सिनेमालाइ प्रतिबन्धित गर्नु पर्छ देशभरी !!

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर