•  २६ पुष २०८१, शुक्रबार

चलाउने काण्ड : विधार्थी संघको दादागिरी-सरकारको अदालत माथि ठाडो हस्तक्षेप

- असार ६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

उपप्रध्यापक प्रेम चलाउनेले सरकारले अदालतमाथि ठाडो हस्तक्षेप गरी दोषीहरुलाई उन्मुक्ति दिएको बताए । उनले आफूमाथि सरकार र न्यायालयले समेत अन्याय गरेको बताउँदै न्याय नपाउँदा सम्म सत्याग्रह जारी राख्ने बताएका छन्।
अदालतबाटै मुद्दा फैसला हुनु पर्दथ्यो। तीन वर्षदेखि न्यायको लागि पर्खिरहेको थिएँ। सरकारले ठाडो हस्तक्षेप गरी अदालतको फङ्सन गर्न दिएको छैन। यसले विधिको शासन र लोकतन्त्रलाई उपहास गरेको छ।’

उपप्रध्यापक चलाउनेले अदालतले निर्णय सच्याउनु पर्ने माग गरे। उनले भाडाका मान्छे ल्याएर आफूमाथि सांघातिक आक्रमण गरेको आरोप समेत लगाए। चलाउनेले थपे, ‘अदालतले आफ्नो निर्णय सच्याएन भने मेरो सत्याग्रह जारी राख्छु। मर्नु र बाँच्नुको अर्थ छैन। गुण्डाहरुको देशमा न्याय मरेकै हो। अब मसँग कुनै विकल्प छैन। यसरी उन्मुक्ति दिने हो भने तीन वर्षसम्म मलाई किन पर्खाउनु।

त्रिविका उपप्रध्यापक चलाउनेमाथि भएको आक्रमण विरुद्धको मुद्दाको फैसलाका लागि हिजो (मंगलबार) का लागि पेसी तोकिएको थियो। तर सरकारले त्यसको दुई दिनअघि आइतबार कानुन मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय हुँदै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा फिर्ता लिने निर्णयको पत्र दर्ता गराइसकेको थियो।
कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय भन्दै फाइल पठाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा मुद्दा फिर्ता लिने निवेदन पेस गरेको थियो। मुलुकी फौजदारी संहिताको दफा ११६ को दफा ५ बमोजिम सरकारले अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिन सक्ने व्यवस्था छ। सरकारले सोही कानुनी व्यवस्थामा टेकेर मुद्दा फिर्ता लिन मिल्छ कि मिल्दैन भनेर महान्यायाधिवक्ता कार्यालय र कानुन मन्त्रालयलयसँग राय माग गरेको थियो। दुवै निकायले मुद्दा दायर गर्ने र फिर्ता लिने अधिकार सरकारको हुने राय दिएपछि मन्त्रिपरिषद्बाट निर्णय गराएर फिर्ता लिइएको हो।

त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक चलाउनेको पक्षमा नागरिकहरु अगुवाहरु सडकमा उत्रिएका छन्। नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताको सांघातिक आक्रमणमा परेर घाइते भएका चलाउनेको मुद्दा जिल्ला अदालत काठमाडौंमा मंगलबारका लागि पेसी तोकिएको थियो। तर उक्त मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेसँगै न्यायको निम्ति लगातार तीन वर्षदेखि अदालत धाइरहेका उपप्रध्यापक चलाउने आक्रोशित बनेका छन्। उनले न्यायको माग गर्दै सत्याग्रह सहित सडकमा आएका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर