ट्रेड युनियन कांग्रेसको निर्वाचन : अध्यक्ष पदका लागि कुँवर र यादव बिच प्रतिष्पर्धा हुँदै

- असार ६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ कार्यसमितिका लागि दुई खेमा बिच तिब्र प्रतिष्पर्धा हुने भएको छ । असार ४ गतेदेखि सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन लागि निर्वाचन हुन् लागेको हो ।
अध्यक्ष पदका लागि युनियनका वर्तमान वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव र महासचिव योगेन्द्रकुमार कुँवरबीच प्रतिष्पर्धा हुनेभएको छ । समूह नै बनाएर निर्वाचनमा होमिएका छन् ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीलेसाँझ ४ बजेदेखि मतदान सुरु हुने जानकारी दिए । निर्वाचनमा ८ सय ८० महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् भने युवा र महिला समितिसहित ४९ पदका लागि निर्वाचन हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर