साफ च्याम्पियनसिप २०२३ : खेलका लागि नेपालले सुरुवाती –११ घोषणा-कुवेतको सामना गर्दै
- असार ६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
साफ च्याम्पियनसिप २०२३ अन्तर्गत समूह चरणको पहिलो खेलका लागि नेपालले सुरुवाती –११ घोषणा गरेको छ । नेपालले ३ः४५ बजे सुरु हुने खेलमा कुवेतको सामना गर्दैछ ।
प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले फिलिपिन्सविरुद्ध उत्रिएको टोलीबाट एक परिवर्तन गरेका छन् । विंगमा मनिष डाँगीले आयुष घलानको स्थानमा खेल्दैछन् ।
गोलरक्षकमा कप्तान किरण चेम्जोङ छन् । डिफेन्समा विमल पाण्डे लेफ्ट ब्याक, सनिश श्रेष्ठ राइट ब्याक तथा अनन्त तामाङ र रोहित चन्दले सेन्टर डिफेन्स सम्हाल्नेछन् ।
मिडफिल्डमा पुजन उपरकोटीलाई एरिक विष्ट र लाकेन लिम्बुले साथ दिनेछन् । आक्रमणमा अन्जन विष्ट र मनिष डाँगीले नवयुग श्रेष्ठसँग खेल्नेछन् । नेपालले फिलिपिन्सविरुद्ध खेलमा १–० को हार बेहोरेको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments