हटकेक बालेन : दललाई नभई ‘बदल्न’लाई महानगर पिता बनाईएका बालेनको उचाई बढ्दै
- असार ६, २०८० मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
चार दशक पहिला २०३८ साल वैशाख २७ गते राष्ट्रिय पञ्चायतको निर्वाचन हुँदै थियो । दुई सिटको लागि हुने निर्वाचन पञ्चायतको लागि पनि पहिलो निर्वाचन थियो । जसमा त्यसबेलाका धुरन्धर पञ्चहरु जोगमेहर श्रेष्ठ र कमल चित्रकारले उम्मेदवारी दिएका थिए । सुधारिएको भनिए पनि जनता भने पञ्चायतको कार्यशैली देखी खुशी थिएनन् । पञ्चायतको बिकल्पको चाहना जनमानसमा थियो । त्यही बिचमा एक्कासी एकपात्रको उदय भयो ।
त्यो पात्र थियो नानीमैँया दाहाल । दाहालले निर्वाचनमा भाग लिइन र भारी मत सहित निर्वाचनमा विजयी पनि भइन् ।
जनमानसको चाहना अगाडी कसैको केही लाग्दैन भन्ने कुराको एउटा दर्विलो उदाहरण थिइन दाहाल । ठिक त्यसको उल्टो स्वरुप अनुसार अर्थात ४१ वर्ष पछि आएर काठमाडौँ महानगरपालिकाले परिवर्तनको खाका कोरेको छ । त्यो समयमा निर्वाचित पात्र र अहिले निर्वाचित पात्रमा आकाश जमीनको फरक छ ।
दाहाल हुईया र हावाको शैलीमा निर्वाचनमा सफल भएकी थिइन् । ठिक त्यसको बिपरित परिवर्तनको लहरले पनि काठमाडौं महानगर लाई अलग राख्न सकेन । त्यो बेला जनताहरु पञ्चायतको शैली देखी रिसाएका थिए भने अहिले २०४६ साल पछि आएर ३३ वर्षको अवधिमा राजनीतिक दलका नेताहरुले नेपाली जनता प्रति देखाएको कार्यशैली बाट रुष्ट भएर नै परिवर्तन चाहेका थिए र त्यो भै रहेको पनि छ ।
जनमानसमा देखीएको त्यही परिवर्तनको चाहले एउटा स्वतन्त्र ब्यक्तिले निकै आशाको साथ निर्वाचनमा भाग लियो र जानेमाने राजनीतिक घरान देखी लिएर राजनीतिका धुरन्धर ब्यक्तिहरुलाई धुलो चुटाउन सफल भएका पात्र हुन् महानगरपालिका मेयर बालेन साह (बालेन्द्र) ।
गएको स्थानिय निर्वाचन अघि देखी विजयी यात्रा सम्म निकै चर्चित बनेका मेयर साहले अहिलेको पुस्तालाई राम्रै सँग क्यापचर गरेका छन् । पेशाले इन्जिनियर र लोकप्रिय र्यापरको रुपमा नाम कमाई राखेका बालेन्द्रले देखाएको चमत्कारलाई काठमाडौंं महानगरका बासिन्दाहरुले कहिले पनि भुल्न सक्दैनन् ।
बिशेषगरि नव युवाहरुका बिच चर्चित रहेका बालेन्द्रले निर्वाचनमा देखाएको चमत्कारले अहिले साच्चै नै काठमाडौं महानगर बालेनमय नै बनेको छ । भनिन्छ, दिन पछि रात अवस्य हुन्छ । यो धु्रवसत्य कुरा भए जस्तै बालेनले भनेका र दिएका कुराहरु सत्य हुन् । त्यसैले आम महानगरका जनले उनलाई बिश्वास गरेका थिए । बिगत तिन दशक देखी राजनीतिक सिन्डिकेटको भरमा चलेको स्थानिय शासनलाई सिन्डिकेटबाट उन्मुक्ति दिनको लागि पनि बालेनको जित अपरिहार्य थियो । भयो पनि त्यसै ।
गएको स्थानिय तह निर्वाचनमा जनमानसहरुले आफनो आक्रोस ‘ब्यालेट’बाट स्थापित गराएका छन् । सधै पुराना ढर्रा र पुरातात्विक सोचले जनमानसलाई आफनो लयमा हिँडाउन पल्केका राजनीतिक दलका नेताहरुलाई महानगरबासीले दिएको उपहार पनि हुन् बालेन ।
बालेनको जित पछि निस्किएका कुण्ठा
जसै बालेनले विभिन्न संस्कृतिहरुले सुसज्जित रहेको काठमाडौँ महानगरपालिकाको मेयर(नगरपिता)मा पद बहाली गरे । त्यो सँगै समाजमा पुरातन सोच राखेर मनमा विभिन्न राजनीतिक कुण्ठा पालेर बस्ने व्यक्तिहरुको गाँसमा ढुङ्गा पस्न थाल्यो ।
परिवर्तन एकै चोटी हुँदैन भने झै बालेनले पनि काठमाडौं महानगरलाई परिवर्तन गर्दै लैजाने साहस गरेका छन् । महानगरको शिक्षा, स्वास्थ्य देखी विभिन्न कुराहरुमा परिवर्तनका ढाँचाहरुमा निर्माण गर्दै गएका मेयर बालेन अहिले यस्ता कार्यहरुमा बिस्तारै सफल पनि हुन् थालेका छन् ।
कार्य गर्ने बेलामा आएका कतिपय अप्सट्याकलहरुलाई पन्छाउँदै लगेका मेयर बालेनले मै हुँ भन्ने राजनीति दल यसका प्रतिनिधीहरुलाई राम्रै धक्का दिएका छन् यो अवधिमा । तर बालेनको कार्यमा विकासको बाधक बनेर बालेनलाई अल्झाउने काममा जो लाग्छ । त्यो व्यक्ति वा राजनीतिक दलको हिसाबकिताब महानगरबासीले अवश्य नै राख्ने छन् । यसमा दुईमत छैन् ।
काठमाडौँ महानगरलाई प्रतिनिधित्व गर्ने नेपालका ठूला भनिएका राजनीतिक दलहरुमा रहेको दम्भलाई पनि बालेन परास्त गरिदिएका छन् । हुन् त बालेन स्वतन्त्रताको प्रतिक बनेर काठमाडौँ महानगरपालिकाको नगरपिता बन्न पुगेका हुन् । एउटा इन्जिनियर केटो, गीत संगीतको क्षेत्रमा पनि उत्तिकै प्रभाव राख्न सक्ने केटोले एक्कासी काठमाडौँ महानगरको मेयर जस्तो पदमा दावा गर्यो ।
भनेर पनि विभिन्न अड्कलबाजीहरु गर्नेहरुको मुखमा अहिले बालेनले बुझो लगाई दिएका छन् । एक पछि अर्को जनमानस केन्द्रित कामहरु गरेर वाहवाहीको शिखरमा पुग्न थालेका बालेनलाई कसैले राजावादीको बिल्ला भिडाएका छन्, कसैले नेपाल कम्युनिष्ट पार्र्टी(एमाले)अध्यक्ष केपी शर्मा ओलीबाट सञ्चालित भन्छन् ।
तर यस्ता कुराहरुको कुनै तुक छैन् । बालेन न राजनीतिक दलका मानिस हुन् , न राजाका मानिस हुन् त उनी काठमाडौँ महानगरपालीका बासीन्दाका एकमात्र प्रतिनिधि हुन् । जसलाई महानगरबासीले त्यहाँ पुर्याएका हुन् ।
हो बालेन अपवाद हुन् । उनी परिवर्तन र बिकासका पक्षपाती हुन् भन्दा फरक नर्पला । यदि बालेनमा परिवर्तन र बिकासको सोच साथमा हुन्थेन भने उनी यो दौडबाट पहिले नै बाहिरी सकेका हुन्थे । उनको सबैभन्दा बलियो पक्ष भनेको नै महानगरबासीले उनलाई दिएको साथ हो । जनताले दललाई नभइ ‘बदल्न’लाई महानगर पिता बनाएको छ । किनकी काठमाडौं महानगरले फेरि परिवर्तन खोजेको संकेत पनि हो ।
निर्वाचित हुने बित्तिकै काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउने ‘महत्वकांक्षी’ घोषणा गरेका थिए । त्यो पनि उनको लागि एउटा सुन्दर पक्ष हो । मेयर बालेनले दिएका प्रतिबद्धताहरुको बाहिरी असर पनि विस्तारै देखीन थालेको छ ।
जसरी मेयर बालेनले आफनो भिजनलाई महानगरबासीको सामु प्रस्तुत गरे । त्यही अनुसार आफनो कामलाई बिस्तारीत रुपमा बढाउने क्रममा पनि लागेका छन् जसका कतिपय उदाहरणहरु बाहिरीरहेका छन् । कति त बाहिरीने क्रममा छन् ।
जनमानसको भिज्ने कार्यमा सफलताको बिन्दू टेकीरहेका बालेनका कार्यले काठमाडौं महानगरबासीले परिवर्तनको सास फेर्न थालेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments