बजेट बितण्डा : बजेटमा परिमार्जन नगरे सरकार ढल्न सक्ने संकेत – सत्तापक्षकै सांसदहरूको चर्को असन्तुष्टि
- असार ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सत्तापक्षकै सांसदहरूले चर्को असन्तुष्टि जनाउँदै यथास्थितिमा पारित गराउन खोजे विपक्षमा भोट हाल्ने चेतावनी दिइरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका निम्ति संघीय संसद्मा प्रस्तुत बजेट संशोधन नहुने अडान राखेका छन् ।
उनले बजेट सीमित रहेको तर आवश्यकता धेरै भएको उल्लेख गर्दै सबैको अपेक्षा पूरा गर्न सम्भव नभएको बताए।
समग्रमा सबैले बजेटको स्वागत गरेको दाबी गर्दै अर्थमन्त्री महतले भने, “यद्यपि सांसद्हरूले आफ्नो क्षेत्रमा यति योजना पर्नुपर्थ्यो र सुधार भए हुन्थ्यो भन्नुको अर्थ बजेटकै विपक्षमा हुनुहुन्छ भन्ने निष्कर्ष निकाल्नु उपयुक्त हुँदैन।”
तर खासगरी माधवकुमार नेपाल नेतृत्वको सत्ताधारी नेकपा एकीकृत समाजवादीका सांसदहरूले बजेटप्रति चर्को असन्तुष्टि प्रकट गरिरहेका छन्।
उनीहरूले प्रतिनिधिसभाको बैठकमै यथास्थितिमा बजेटप्रति समर्थन जनाउन नसक्ने चेतावनी दिइरहेका छन्। माधव नेपालको पार्टीका सांसदहरू ‘विद्रोहको मनस्थितिमा’ छन् । अघिल्लो वर्षको भन्दा घटेर आयो बजेट, तलब र वृद्धभत्ता बढेन । उता सत्ताधारी जनता समाजवादी पार्टीकै अध्यक्ष उपेन्द्र यादवलेसमेत असन्तोष जनाएका छन् भने सत्ता पक्षीय जनमत पार्टीले त आक्रोश नै प्रकट गरेको छ।
समाजवादीका नेता तथा मन्त्री प्रकाश ज्वालाले प्रधानमन्त्रीले आयोजना गरेको छलफलपछि केही योजनाहरूमा रकमान्तरको विकल्प अपनाउन सकिने तर बजेट संशोधन नहुने बताएका थिए।
तर त्यसपछि उनकै पार्टीका सांसदहरू अडानबाट हच्किएका देखिँदैनन्। त्यसले उक्त पार्टीभित्र चर्को विवाद उत्पन्न हुनसक्ने देखाउँछ । कतै त्यसको असर बजेट पारित हुन नसक्ने अवस्थासम्म पुग्ने गरी प्रकट हुने त होइन?
अर्थमन्त्री महत भन्छन्, “गठबन्धनका दलका मन्त्रीहरूकै प्रस्तावलाई सल्लाहबाट बजेटमा समावेश गरिएको छ, तैपनि त्यस्तो हुने कुरा मैले कल्पना गरेको छैन।”
तर माधव नेपालको दलभित्र विग्रह देखिए पनि नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले समेत साथ दिने विश्लेषण सुनाउने सत्तापक्षका नेताहरू बजेट पारित हुनेमा विश्वस्त देखिन्छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments