आफनो वडा भित्र भएको कुनै पनि कार्यालयमा वडाको अधिकार हुन्छ : वडाध्यक्ष भण्डारी
- असार ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नागरिक उड्डयन प्राधिकरण नेपाल (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिनामंगल परिसरबाट पूर्व सूचना नदिई तार काटेको विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारी र महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डेसँग गत असार १ गते स्पष्टीकरण मागेको थियो । पछिल्लो निर्णय बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेको छ ।
बुधबार दायर भएको निवेदनमा उड्डयन प्राधिकरणको कदम पहिलो दृष्टिले अमान्य भएको र यो असंवैधानिक र आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेको दाबी गरिएको छ । त्यसो भन्दै गर्दा क्यानको कार्यालय भने महानगरको वडा नं ९ मा नै पर्न आउँछ । आफनो वडा भित्र भएको कुनै कार्यालयमा आफनो अधिकार भएको दावी वडाध्यक्ष भण्डारी गर्छन् ।
क्यान र क्यानका महानिर्देशकलाई प्रतिवादीको रूपमा नाम दिएको निवेदनमा तीनै जना वादीसहित उड्डयन प्राधिकरणको आदेशलाई बदर गर्न माग गरिएको छ।
अतिक्रमित जग्गाको मर्मत सम्भार र सोही ठाउँमा मनोरञ्जन पार्क निर्माण गर्ने कार्य क्रमशः वडा कार्यालय र महानगरपालिकाको मातहतमा पर्ने दाबी गर्दै वादीले उक्त स्थानमा नगर कार्यालयको काममा अवरोध नगर्न प्रतिवादीलाई आदेश दिन पनि माग गरेका छन् । निवेदकहरुले यसका लागि अन्तरिम आदेशको माग समेत गरेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments