बिश्व परिवेस : चीनमा भयानक बिष्फोट – दुर्घटनामा हालसम्म ३१ जनाको मृत्यु -झन्डै एक दर्जन ब्यक्ति घाइते
- असार ७, २०८० मा प्रकाशित
कासिन न्यूज
काठमाडौं ।
चीनको यिनचुआन सहरको एक रेस्टुरेन्टमा बुधबार राति विष्फोट भएको छ । सो भयानक बिष्फोट परी हालसम्म ३१ जनाको मृत्यु भएको छ भने झन्डै एक दर्जन ब्यक्ति घाइते भएका छन ।
चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार ग्यास चुहावटका कारण उक्त विस्फोट भएको हो । सो बिष्फोटमा घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । दुर्घटना हुँदा उक्त क्षेत्रमा भीड लागेको थियो । यहाँ ड्र्यागन बोट फेस्टिभलको तयारी चलिरहेको थियो ।
यिनचुआन सहरको निङ्जिया नामक स्वायत्त प्रान्तको राजधानी हो। यस प्रदेशको जनसंख्या ६८ लाख छ । यी मध्ये ६५ प्रतिशत मुस्लिम रहेका छन्। चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले दुर्घटनापछि केही तस्विर सार्वजनिक गरेको छ । आगो निभाएपछि घटनास्थलमा दमकलका गाडीहरु देखिन्छन् । फायर फाइटरहरूले पनि घाइतेहरूलाई एम्बुलेन्समा लैजाँदै गरेको देखिन्छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments