ट्रेड युनियन कांग्रेसमा संस्थापन पक्षका कुँवर बने अध्यक्ष
- असार ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसको शुभेच्छु संस्था नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयू )को ७ औं राष्ट्रिय महाधिवेशनबाट योगेन्द्र कुमार कुँवर बिजयी भएका छन् ।
श्रमको सम्मान र श्रमिकका मुद्दाहरूले सधैं प्राथमिकता राखेर काम गर्ने बताउने कुँवरले नीतिगत तहमा गरिनु पर्ने सुधारको लागि सधैं प्रयास गर्ने पनि बताएका छन् । संगठन सक्रिय र चलायमान राखी राख्ने प्रतिवद्धता जनाउँदै कुँवरले भने आवद्ध संघ, प्रदेश तथा जिल्लाहरुले श्रमीक हक हितको बिभिन्न तहका कार्यक्रम लगिने छ ।
पार्टीको संस्थापन पक्षका उम्मेदवार कुवँरले इतर पक्षका महेन्द्र यादवलाई पराजित गरेका हुन् । कुवँरले ४४१ मत पाउँदा यादवले ३७६ मत मात्र प्राप्त गरे । बाँकी १६ पदाधिकारीमा यादव प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।
यसअघि संस्थापन इतर पक्षबाट महासचिव बनेका कुँवर अहिले संस्थापन पक्षबाट अध्यक्षको उम्मेदवार बनेको थिए । समूह परिवर्तन गरेर भएपनि कुँवरले नेतृत्व हत्याउन सफल भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रबिक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् ।
महासचिवमा अजयकुमार राई, खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ, महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन् । त्यस्तै सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडु, उत्पादन क्षेत्रको उपमहासचिवमा कुलबहादुर खड्का, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणि थापा अर्चना निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा सञ्जयकुमार दाहाल र सहकोषाध्यक्षमा रसामाया गुरुङ निर्वाचित भएका छन् । ट्रेड युनियन कांग्रेसको केन्द्रीय समिति ४९ सदस्यीय हुने व्यवस्था छ । सदस्यतर्फको मत गणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments