जारी आईसीसी विश्वकप छनोट : वेष्ट इन्डिजसँग नेपाल पराजित
- असार ७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जिम्बाब्वेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल वेष्ट इन्डिजसँग पराजित भएको छ ।
३४० रनको असम्भव प्रायः चुनौतीको सामना गरेको नेपाल १०१ रनले पराजित भएको हो । नेपाल २ बल खेल्न छँदै अलआउट हुँदै २३८ रन बनायो ।
आरिफ शेखले डटेर सामना गर्दै अर्धशतक बनाए । शेखले ९३ बलमा एक छक्का र चार चौकाको मद्धतले ६३ रन बनाएका हुन् । यो यो छैटौँ एक दिवसीय अर्धशतक हो ।
त्यस्तै आरिफसँग मिलेर सातौँ विकेटका लागि ६८ रनको साझेदारी गर्ने क्रममा अलराउन्डर गुल्सन झाले ५८ बलमा एक छक्का र पाँच चौकाको मद्धतले ४२ रन जोडे । त्यस्तै कप्तान रोहित पौडेलले ३० रन बनाए । त्यस्तै आसिफ शेखले २८ तथा करण केसीले पनि २८ रन बनाए ।
वेष्ट इन्डिजका लागि जासन होल्डरले ३ तथा अल्जारी जोसेफ, किमो पल र अकेल होसेनले समान २–२ विकेट लिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments