फिल्म हलबाट नगर प्रहरी फिर्ता : नेपाली जनताले बहिष्कार गरेपछि बन्द गर्न बस्नै परेन – नगरप्रहरी प्रमुख पाण्डे
- असार ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
काठमाडौं महानगरपालिकाले फिल्म हलहरुबाट नगर प्रहरी फिर्ता गरेको छ । बिहिबार हलहरुमा १०/१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिएको महानगरले शुक्रबार बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको हो ।
काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेले भने, ‘नेपाली जनताले बहिष्कार गरेपछि हामी हलमा फिल्म बन्द गर्न बस्नै परेन, त्यही भएर हलमा गएका नगर प्रहरी फिर्ता भएका हुन् ।’
मेयर बालेन शाहले हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
त्यसलगत्तै बालेनले अदालत र सरकार भारतको गुलाम भएको भन्दै विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेपछि उनको आलोचना भइरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments