नक्कली शरणार्र्थी प्रकरण : एमालेका अध्यक्ष ओली र उपाध्यक्ष बादल तिर मोडियो अनुसन्धानको तिर

- असार ८, २०८० मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्व प्रदेश सांसदसमेत रहेका एमालेकै नेता डा अजयक्रान्ति शाक्य, पूर्वगृहसचिव महेश्वर न्यौपानेको पनि नाम पोलेका छन्। हाल पुर्पक्षमा रहेका पूर्व उपप्रधानमन्त्री समेत भइसकेका एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी लीला जिसी र एमालेकै नेता राजेश्वर स्थापित र अर्का विचौलिया बेचन झाको नाम अभियुक्तहरुले पोलेका छन्।
विचौलियाहरुकै सेटिङमा कार्यदलमा आफना मान्छेहरु राखेर पूर्व गृहमन्त्री राम बहादुर थापा बादल कै पालामा ठगी प्रकरण सुरु भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । पछि खाँणको पालामा बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको निष्कर्ष छ।

यो प्रकरणमा पक्राउ परेका १८ जनामध्ये हाइप्रोफाइलसहित १६ जना मुद्दाको पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथ देवलमा छन्। बाँकी २ जना लक्ष्मी महर्जन र टंक गुरुङलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
नेपाल प्रहरीको मुख्यालय स्रोतका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुक्ष्म रुपमा दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ।


पक्राउ परेका अभियुक्तहरुले बयानका क्रममा नाम पोलेका व्यक्तिहरु र अनुसन्धानमा देखिएका विभिन्न प्रमाणहरुका आधारमा अनुसन्धान अघि बढाइएको अपराध अनुसन्धान कार्यालयले स्रोतले जनाएको छ। प्रमाण जुटे पनि वतन नखुलेको भन्दै ३ जनाविरुद्ध परिसर प्रहरीले मुद्दा चलाएको थिएन। तिनै ३ जना व्यक्तिलाई केन्द्रमा राखेर अहिले अनुसन्धान प्रक्रिया अघि बढाइएको परिसर स्रोतले जानकारी दियो।
अनुसन्धानको क्रममा अभियुक्तहरुले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा पूर्व गृहसचिव प्रेमकुमार राईको पनि नाम लिएका थिए।
अभियुक्तहरुले नाम लिएका यी पात्रहरु र अन्य जोडिनसक्ने पात्रहरुलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ। अबको अनुसन्धानको मुख्य केन्द्रमा भारतीय नागरिक बेचन झा छन्। प्रहरीले उनको खोजी तीव्र पारेको छ। पहिलो चरणको अनुसन्धानको अन्त्यतिर बेचन झाको नाम यो प्रकरणमा जोडिएको पाइएको थियो ।
तर प्रहरीले उनको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुनः अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

झाबाट धेरै कुराहरु बाहिर आउनसक्ने भन्दै प्रहरीले झालाई केन्द्रमा राखेर अनुसन्धान सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार झामार्फत् थप हाइप्रोफाइल व्यक्तिहरुसम्म पुग्न सकिने केही आधारहरुसमेत भेटिएका छन्। कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री खाँण र पूर्व गृहसचिवसमेत रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसँग ठगी गिरोहका सदस्यको चिनजान तथा भेट गराउने पात्र नै झा रहेको प्रहरीको अहिलेसम्मको अनुसन्धानले देखाएको छ।

प्रहरी स्रोतका अनुसार यो प्रकरणमा नाम जोडिएका उच्च तहका नेता तथा व्यक्तिहरुसँग झाको निकट सम्बन्ध रहेको छ। प्रष्ट ठेगाना नखुलेको बताउँदै उनलाई प्रतिवादी नबनाएको प्रहरीले उनीसँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको पनि आशंका गरेको छ।
खासगरी झाको मधेस केन्द्रित दल र नेपाली कांग्रेसका नेताहरुसँग निकट सम्बन्ध रहेको पाइएको छ। ठेक्का पट्टाहरुमा संलग्न रहेका उनी नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा समेत जोडिएका खुलेको छ। उनको नाममा चेकसमेत काटिएको विवरण प्रहरीले पत्ता लगाइसकेको छ।

उनले २ करोड रुपैयाँभन्दा बढी बुझेको पनि अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ। यो प्रकरणमा जोडिएको खुलेसँगै उनी फरार छन्। भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री बादलको पालामा २०७६ जेठ ३० मा एउटा कार्यदल गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर