सस्तियो तरकारी : लोकल बन्दा र गोलभेडाको भाउ घट्यो भने किविले डाँडा काट्यो
- असार ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार शुक्रबार लोकल बन्दाको मूल्य ९ रुपैयाँ ६० पैसा भएको छ भने किवि सबैभन्दा महङ्गो रहेको छ ।
कालीमाटीमा किविको मूल्य प्रतिकेजी ७ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै, आभोकाडो प्रतिकेजी ६ सय ५० रुपैयाँ र टनेलको गोलभेडा प्रतिकेजी १२ रुपैयाँ ८० पैसा तोकिएको छ ।
ठुलो नेपाली गोलभेडा, हाइब्रीड काक्रो र झिगूनी प्रतिकेजी ४५ रुपैयाँ, भारतीय गोलभेडा, परवर र हरियो खुर्सानी प्रतिकेजी ५५ रुपैयाँ, रातो आलु ४३ रुपैयाँ ५० पैसा तोकिएको छ भने भारतीय रातो आलु, रायोको साग, लाम्चो फर्सी र लाम्चो भन्टा प्रतिकेजी ३५ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ४८ रुपैयाँ ८० पैसा, लोकल गाजर ११५ रुपैयाँ, स्थानीय काउली, तने बोडी र भिण्डी ८५ रुपैयाँ कायम गरिएको छ ।
स्थानीय ज्यापु काउली प्रतिकेजी १ सय १५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा १ सय ९० रुपैयाँ, लोकल घिउ सिमी ६५ रुपैयाँ, राजमा घिउ सिमी ७६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ८६ रुपैयाँ ६७ पैसा, भटमासकोशा १ सय १० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, लौका ५६ रुपैयाँ ६७ पैसा कायम भएको छ।
यस्तै, पाकेको फर्सी ३२ रुपैयाँ ५० पैसा, सलगम ७६ रुपैयाँ ६७ पैसा, सखरखण्ड ७५ रुपैयाँ, हरियो प्याज ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १ सय ८० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ, कुरीलो २ सय ७५ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ८६ रुपैयाँ ६७ पैसा र चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, सेलरी १ सय ४० रुपैयाँ, पार्सले २ सय ३५ रुपैयाँ र पुदीना १ सय ३५ रुपैयाँ तोकिएको छ ।
स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments