छायाँनाथ रारा नगरपालिकाको नीति तथा कार्यक्रम : कृषि, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकता का

- असार ८, २०८० मा प्रकाशित


कासिन न्यूज,
मुगु ।

मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमका लागि नागिरकसँग सुझाव संकलन गरेको छ ।

शुक्रबार एक कार्यक्रमबीच विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै नगरपालिकाले १३ औं नगरसभाको पूर्वसन्ध्यामा समृद्ध नगर निर्माणका लागि नागिरकले सुझाव दिएका छन् । नगरपालिकाले सरोकारवालाबाट सुझाव संकलन गरेको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले बताए ।

उनका अनुसार जिल्लामै पहिलो पटक नागिरकसँग सुझाव माग्ने भनेकै छायाँनाथ रारा नगरपालिका हो । यसले गर्दा विकास निर्माणमा नागिरकसँग फलदायी देखिने हुँदा यस कार्यक्रमको थालनी गरिएको नगर प्रमुख भामको भनाइ छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाका लागि बिहीबार पत्रकार सम्मेलन गर्दै पत्रकारसँग पनि सुझाव मागिएको थियो । रेडियो मुगुका समाचार प्रमुख खडक सुनारले मुगुमा काम गर्ने पत्रकारलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको भए काममा केही सहज हुने सुझाव दिएका थिए ।

आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको तथा यसैको तयारीस्वरुप सुझाव सल्लाह संकलन कार्यलाई सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास, वन वातावरण, सेवा प्रवाह र सुशासनका सवालमा आफ्ना सुझाव सल्लाह र राय पेस गर्न सकिने छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर