पुरुष भलिबल : नेपाल किर्गिस्तानको बी टोलीसँग पराजित
- असार ८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले आयोजक किर्गिस्तानको ‘बी’ टोलीसँग पराजित भएको छ ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रियसन कम्प्लेक्समा आज भएको खेलमा किर्गिस्तानको ‘बी’ टोलीले नेपाललाई ३–२ को सेटमा पराजित गरेको हो ।
नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । दोस्रो सेट र तेस्रो किर्गिस्तानले २९–२७ र २५–२२ ले आफ्नो पक्षमा बनायो । चौथो सेट नेपालले २५–११ ले जितेपछि खेलको पाँचौँ सेटमा पुग्यो । त्यसपछि पाँचौँ सेट १६–१४ ले जित्दै किर्गिस्तानले विजयी हासिल गर्यो ।
नेपालको यो लगातार पाँचौँ हार हो । नेपाल पहिलो खेलमा मङ्गोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तान, तेस्रो खेलमा इरान र चौथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो ।
काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता रहेको छ । अब नेपालले लिग चरणको आफ्नो अन्तिम खेल उज्वेकिस्तानसँग खेल्नेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments