नेपाल–अमेरिका चलचित्र महोत्सव सुरु
- असार ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करण सुरु भएको छ । बिहीबार बेलुकी अमेरिकाको वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ प्रदर्शनसँगै महोत्सवको उद्घाटन गरिएको हो ।
महोत्सवका निर्देशक युवाकार राजकर्णिरले अमेरिकी निर्देशक न्यन्सीको निर्देशनमा बनेको ‘पासाङ, इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुने जानकारी दिए । “महोत्सवले नेपाली संस्कृति र कलालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन मद्दत गर्नेमा विश्वस्त छौँ”, उनले भने ।
महोत्सवमा सहभागी अभिनेता राजेश हमालले महोत्सवमा उपस्थित हुन पाउँदा खुसी व्यक्त गर्दै गतिविधिले विशेष महत्त्व राख्ने बताए ।
“यस्ता महोत्सवले नेपाली समुदायलाई जोड्ने काम गर्छ । त्यसकारण यस्ता गतिविधि उद्देश्यअनुरूप भएमा हामीलाई फाइदा छ”, अभिनेता हमालले भने । यही असार १० गते ९जुन २५० सम्म चल्ने चलचित्र महोत्सवमा फिचर चलचित्र, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन गरी एघार देशका ३७ चलचित्र प्रदर्शन हुने तालिका रहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments