जन अपेक्षा के छ भन्ने बुझ्न : नागरिक सुनुवाई कार्यक्रम
- असार ९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
जवाफदेहिताको प्रमुख भुमिकामा रहेका कामपा-९ का वडा अध्यक्ष रामजी भण्डारीले वडाको काम गर्दै गर्दा जनता को अपेक्षा अनुरूप काम कारबाही नहुन सक्दछ जन अपेक्षा के छ भन्ने बुझ्नकोलागी नागरिक सुनुवाई कार्यक्रम गरेको बताए ।
अध्यक्ष भण्डारीले आगामी बर्षकोलागी योजना प्रस्ताब गर्ने समय-सीमा सकिए पनि जनतालाई मध्य नजर राखी नया योजना प्रस्ताब आषाढ २५ सम्म मागगरी आएको योजनाहरू आगामी बर्षको कार्यक्रम मा समाबेश गर्ने प्रतिबद्धता जनाए ।
उक्त नागरिक सुनुवाई कार्यक्रम अफनो कुरा राख्ने क्रममा समाजसेवी बिदुर उप्रतीले बिकास निर्माण ठेक्का पट्टा जस्ता बिषयमा पारदर्शील प्रमुख बिषय हो यस बिषयले जनप्रतिनिधी र समग्र वडाको चरित्र देखाउछ ।
अबको कार्यक्रम युबा मैत्री हुनु पर्ने रातोपुल निबासी सुनिल अमात्य आफनो धारणा राखे । ओमनगर निबासी शारदा राज निरौलाले अरू बिषयमा आफनो खासै गुनासो नरहेको अबको कार्यक्रममा ओमनगरको लागी सिसिटिभी क्यामरा जडान गर्न अनुरोध गरे ।
गत स्थानिय निर्बाचनका सदस्य पदका प्रतिपर्धी सन्तोष गिरीले समग्रमा वडा अध्यक्ष आफैमा वडा भित्रका यावत समस्याहरूको जानकार भएकै कारण पनि क्रमश समस्याको सन्बोधन गर्दै लागेको कारणले पनि मैले खासै थप कुरा राख्न नपर्ने देखिन्छ ।सुनुवाई कार्यक्रममा सुझाव र जवाफ दिने क्रममा वडा अध्यक्ष रामजी भण्डारीले करते दायरा बढाउन ब्यपक रुपमा वडा स्तरिय अभियान संचालन गर्ने टोल सफाईको लागी कुचिकारको लागी आबश्यक दरबन्दी श्रृजना गर्न कार्यपालिकामा बैठकमा एजेण्डाकै रूपमा प्रस्ताव गर्ने बताए । बिकास निर्माणमा प्राबिधिक त्रुटी र डिजाईन फेरबदल जस्ता समस्यालाई सुधार गर्ने जस्ता बारेमा वडा अध्यक्ष रामजी भण्डारी ले नागरिक समक्ष रखे ।
गत बर्षको आय ब्याय राजस्व संकलन १४ करोड छ भने पुजीगत खर्च १० करोड रहेको महिला वडा सदस्य श्रृजना भेटवाल जानकारी गराए । उक्त सुनुवाई कार्यक्रम प्रदेश सांसद सुनिल केसी वडा सदस्य वडा सचिब संगा सरोकारवालाको उपस्तिथि रहेको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments