प्रतिनिधिसभा बैठक बस्दै, बजेटका विषयमा मन्त्रीहरूले जवाफ दिने
- असार १०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । बिहान १० बजे बस्ने बैठकको सुरुमा विनियोजन विधेयक, २०८० उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुनेछ ।
छलफलमा सांसदहरू डा। अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकम घटाउन प्रस्ताव गर्ने कार्यसूची छ ।
यस्तै, आजको बैठकमा विनियोजन विधेयक अन्तर्गतका शीर्षकमा उठेका प्रश्नमाथि सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
आज गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्रीले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments