जसपा नेपालको विधान अधिवेशन सुरु हुँदै

- असार १०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने विधान अधिवेशनको पहिलो दिन आइतबार पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ ।

जसपा केन्द्रीय समितिको शनिबार बसेको बैठकले अनुमोदन गरेको विधानको मस्यौदा आइतबार प्रस्तुत गरिने छ ।

यसैगरी सोमबार सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । असार १२ गते विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको छ ।

अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८ सय प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

संघीय परिषद खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर