•  २३ पुष २०८१, मंगलवार

रुसी सेनामा नेपालीहरू भर्ना भएको विवरण छैन : परराष्ट्रमन्त्री साउद – वाग्नर समूहलाई कार्वाही गर्ने पुटिनको चेतावनी

- असार १०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा नेपालीहरू भर्ना भएको भन्ने विवरण कुनै स्रोतबाट प्राप्त भइनसकेकाले त्यसबारे सरकारले औपचारिक प्रतिक्रिया दिन नसक्ने बताएका छन् । तर सामाजिक सञ्जाल र कतिपय विवरणमा आएका जानकारीका आधारमा सरकारको यस विषयमा ध्यानाकर्षण भएको परराष्ट्रमन्त्री साउदले बताए ।

केही साता यता युक्रेनसँग लडाइँमा रुसको तर्फबाट लड्न केही नेपाली युवाहरू भर्ना भएका भन्ने विवरण आइरहेका छन्।
उता रुसी सैन्य नेतृत्वलाई पदबाट हटाउने चेतावनी दिएको वाग्नर समूहले रुसको महत्त्वपूर्ण सहर रोस्तोभ–अन–डनका प्रमुख क्षेत्रहरू कब्जा गरेको छ।

युक्रेन युद्धमा रुसले सैन्य र बन्दोबस्तका लागि मुकाम बनाएको यो सहर युक्रेनबाट १ सय किलोमिटरको दुरीमा छ।
त्यहाँका बासिन्दाहरूलाई घरभित्रै रहन भनिएको छ। वाग्नरले रोस्तोभ र मस्कोको बीचमा पर्ने भरोनेस सहरका सैन्य संरचनाहरू पनि कब्जामा लिएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने रुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनलाई कारबाही गर्ने वाचा गरेका छन्। प्रिगोजिनले भने रुसका रक्षा मन्त्रीसँग भेट नहुँदासम्म आफ्नो फौज निरन्तर मस्कोतर्फ अघि बढ्ने बताएका छन्। यूकेले वाग्नर सेनाहरू मस्कोतर्फ गइरहेको बताएको छ।

यसअघि वाग्नर प्रमुखले त्यहाँको सैन्य नेतृत्व हटाउन “जुनसुकै हदमा जाने” चेतावनी दिएका थिए। त्यसअघि क्रेमलिनले उनलाई “सशस्त्र विद्रोह”को आरोप लगाएको थियो। रुसमा भाडाका सैनिक उपलब्ध गराउने वाग्नर समूहका प्रमुखले यसअघि त्यहाँको सैन्य नेतृत्व हटाउन “जुनसुकै हदमा जाने” चेतावनी दिएका थिए। त्यसअघि क्रेमलिनले उनलाई “सशस्त्र विद्रोह”को आरोप लगाएको थियो। रुसी राष्ट्रपति पुटिनले वाग्नर समूहको नाम नतोकी आपराधिक कार्यमा मानिसहरूलाई उक्साउने काम भएको बताएका छन्।
पुटिन–वाग्नर प्रमुख तनाव

पुटिनले एक टेलिभिजनमार्फत् गरेको सम्बोधनमा रुसी समाजलाई विभाजित गर्नेहरूमाथि “अनिवार्य सजाय“ हुने चेतावनी पनि दिए। अहिले राजधानी मस्को र अन्य धेरै क्षेत्रहरूमा आतङ्कवाद नियन्त्रणसम्बन्धी शासन व्यवस्था लागु भएको पुटिनले बताएका छन्।
यसअघि वाग्नर प्रमुख येभ्गेनी प्रिगोजिनले उनका लडाकुहरू युक्रेनको सीमाबाट फर्किएर रुसी सहर रोस्तोभ–अन–डन प्रवेश गरेको बताएका थिए। उनले आफ्ना सेनाले उनीहरूलाई रोक्न खोज्ने जो कोहीलाई ध्वस्त पार्ने चेतावनीसमेत दिए।
प्रिगोजिनले उनको सेनाले “नागरिकहरूको गाडीको लस्करमाथि आक्रमण गर्ने“ रुसी सैन्य हेलिकप्टरलाई खसालेको दाबी गरेका छन्। उनले घटना भएको स्थानबारे खुलाएका छैनन् र उनको दाबी तत्काल पुष्टि भएको छैन। वाग्नर रुसको सरकारी सेनासँग मिलेर युक्रेनविरुद्ध लडिरहेको निजी सैनिकहरूको समूह हो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस स्थितिको बारेमा चौबीसै घण्टा जानकारी लिइरहेको उनका प्रवक्ताले बताए। शुक्रवार राति मस्कोका सरकारी भवनहरू र यातायात सुविधाहरू सहित प्रमुख स्थानहरूमा सुरक्षा बढाइएको रुसको सरकारी समाचार संस्था टीएएसएसले जानकारी दियो।

लिपेट्स्क, युक्रेनी सीमाबाट करिब २८० किलोमिटर उत्तर–पूर्वमा र रोस्टोभबाट करिब ५०० किलोमिटरभन्दा बढी उत्तरमा अवस्थित छ। इगोर आर्टामोनोभले टेलिग्राममार्फत त्यस क्षेत्रमा सुरक्षा प्रबन्ध कडा बनाइएको र संवेदनशील पूर्वाधारहरूको सुरक्षामा ध्यान केन्द्रित गरेको जानकारी दिए। शुक्रवार अबेर ट्विट गर्दै युक्रेनी रक्षा मन्त्रालयले भन्योः “हामीले हेरिरहेका छौँ।“

ह्वाइट हाउसले स्थितिको निगरानी गरिरहेको र अमेरिकी सहयोगीहरूसँग परामर्श गर्ने जनाएको छ। रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत् वाग्नर शिविरमा रुसी हमलाबारे “सामाजिक सञ्जालमा प्रिगोजिनले फैलाएको सबै विवरण“ “सत्य नभएको र ती सूचना उत्तेजक“ भएको बताएको छ। शुक्रवार पुनः रुसको रक्षा मन्त्रालयले राष्ट्रपति र रुसी जनतालाई धोका दिइको आरोप लगाएपछि रक्षा मन्त्रालयले उक्त विज्ञप्ति जारी गरेको हो।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर