•  २३ पुष २०८१, मंगलवार

पछि हट्यो वाग्नर समूह : लडाकुहरुविरुद्ध लगाइएका आरोपहरु पनि सरकारले फिर्ता लिने

- असार १०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिनले रक्तपात रोक्नका लागि आफ्ना लडाकुलाई युक्रेन नै फर्किन भनिएको जानकारी दिएको विदेशी सञ्चार माध्यमले जनाएका छन् । रुसको सरकारी मिडिया रिपोर्टका अनुसार प्रिगोजिन अब बेलारुस जाने छन् ।

साथै उनी र वाग्नर समूहका लडाकुहरुविरुद्ध लगाइएका आरोपहरु पनि सरकारले फिर्ता लिने छ । वाग्नर समूहको विद्रोहको धम्की सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि रुसलाई धोका दिने हरेक व्यक्तिले दण्ड सजायँ भोग्नुपर्ने चेतावनी दिएका थिए ।
वाग्नर समूहको नेतृत्व गरेका येवगेनी प्रिगोजिन पुटिनका निकट र विश्वासपात्र व्यक्ति मानिन्थे । त्यसैले निजी लडाकु समूह वाग्नरको नेतृत्व पनि पुटिनले प्रिगोजिनलाई दिएका थिए । तर युक्रेनविरुद्ध लडाइँ सुरु भएपछि प्रिगोजिनले पुटिनको खुलेर आलोचना गर्दै आएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर