नक्कली शरणार्थी प्रकरण : खाँण, रायमाझी, पाण्डे सहित १६ जना केन्द्रीय कारागारमा – २ जनाले पाए छुटकरा

- असार १०, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

ठगी, संगठित ठगी, राज्यविरुद्धको कसुर, लिखतसम्बन्धी कीर्ते र एकीकृतको कसुरसँगै सम्पत्ति सुद्धीकरण र अख्तियारले समेत अनुसन्धान गरेर कारबाही गर्नुपर्ने भनेर जिल्ला सरकारी वकिल कार्यालयले लिखित रुपमै उल्लेख गरेपछि प्रहरीले आरोपीहरुलाई सम्पत्ति शुद्धीकरण विभाग पठाएको थियो ।
आरोपीहरु नेपालीलाई अमेरिकन भुटानी बनाएर अमेरिका पठाउने गिरोहमा लागेका थिए । सोही आशंकामा पक्राउ परेका २ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा रिहा गरेको छ ।
अख्तियारले टंक गुरुङ र नेपाल प्रहरीकी नायव निरीक्षक (सई) लक्ष्मी महर्जनलाई साधारण तारेखमा रिहा गरेको हो। उनीहरुलाई लागेको आरोपको प्रमाण बलियो नदेखिएपछि उनीहरुलाई साधारण तारेखमा अख्तियारले रिहा गरेको छ ।
यो ठगी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा चलेको थियो भने १८ जना पक्राउ परेका थिए।
लक्ष्मी ५ लाख र टंक १० लाख धरौटी तिरेर रिहा भएका थिए। त्यसपछि उनीहरु दुबै जनालाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा पठाएको थियो।
सम्पत्ति शुद्धीकरण विभागले यी दुबैको बयान सकेर लक्ष्मीसँग ५० हजार र टंकसँग १ लाख ५० रुपैयाँ धरौटीमा माग गरेको थियो। उनीहरुले धेरौटी रकम बुझाएपछि थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै अख्तियार पठाइएको थियो। अख्तियारले भने उनीहरुलाई साधारण तारेखमा छाडेको हो।
यो ठगी प्रकरणमा २८ करोड रूपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा चलाइएको थियो। जसमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित १६ जना अभियुक्तहरु अहिले केन्द्रीय कारागार सुन्धारामा छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर