वानएक्स बेट : कलाकार सँगै युट्युबर पनि प्रचार प्रसारको आरोपमा प्रहरीको फन्दामा

- असार ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

चर्चित कलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुवेलाई सट्टेबाजी खेल्ने÷खेलाउने गरेको र सट्टेबाजीको विज्ञापन खेलेको आरोपमा केही दिन अघि प्रहरीले पक्राउ गरेको थियो ।
यससँग सम्बन्धी आरोपमा अन्य ८ जनालाई पक्राउ गरेको छ। पाँच जनाबाट ७४ करोडको कारोबार भएको देखिएको छ। यही प्रकृतिको वानएक्स बेटको प्रचार गरेको आरोपमा अर्का युट्युबरलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले युट्युबर राजकुमार तामाङलाई पक्राउ गरेको हो। उनी युट्युबमा राजकुमार थापा मगरको नामबाट परिचित छन्। काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय उनलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको हो। उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ। थापामगर युट्युबमा मोटो–ब्लगिङ गर्थे।
यसअघि प्रहरीले आठ जना कलाकार एवं युट्युबरलाई पक्राउ गरेको थियो। उनीहरूले वान एक्स बेट खेलाउन उक्साउने गर्थे। युट्युबमार्फत प्रोमो कोड प्रयोग गरी भारी छुट पाइने भन्दै बेटिङ खेलाउने काम गरेको आरोप उनीहरूमाथि छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर