नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने : उपप्रधान एवम् रक्षामन्त्री खड्का

- असार ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा बहुप्रकृतिको जिम्मेवारीलाई हेर्दा नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने बताए।
नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त नहुने पनि उनले बताएका छन् ।

उपप्रधानमन्त्री खड्काले नेपाली सेना संविधानप्रति प्रतिबद्ध संगठन भएको र यसले आफ्नो जिम्मेवारी सोहीअनुसार निर्वाह गरिरहेको बताउँदै , विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्नेगरी नेपाली सेनाको संगठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।
‘संविधानप्रति प्रतिबद्ध एक नेपाली सेनाको संगठन रहने हाम्रो संवैधानिक व्यवस्था र प्रावधान रहेको ब्यहोरा माननीय सदस्यहरुलाई अवगत नै छ। त्यसैले हाम्रो नेपाली सेनाको संख्या, हामीले उसलाई दिएको जिम्मेवारी बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु । आन्तरिक द्वन्द्व, आतंकवाद, आर्थिक संकट, महामारी लगायतका सुरक्षा चुनौतीहरुले मानव जीवनमा नै कठिनाइ निम्त्याइरहेका अवस्थाहरु छन्।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर