भन्सारमा लुट : भन्सार जाँचपासमा व्यापारीको मिलोमतोमा नक्कली बिल पेश गरे कर्मचारीले

- असार ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बाहिरी देशबाट नेपाल आयात हुने बस्तुहरुको भन्सार जाँचपासमा नक्कली बिल पेश गरेको पाइए पछि राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका ४२ जना कर्मचारीमाथि अनुसन्धान थालेको छ ।

भन्सारका कर्मचारीहरुले नै नक्कली बिलको आधारमा भन्सार जाँचपास गरिदिएको प्रारम्भिक अनुसन्धानमा देखिएको विभागले जनाएको छ । ‘राजस्व छली गर्ने उद्देश्यका साथ व्यापारीले तयार गरेको नक्कली बिलकै आधारमा ती कर्मचारीहरुले आयातित वस्तुको भन्सार जाँच पास गरेको देखिएको छ,’ राजस्व अनुसन्धान विभागले जनाएको छ ।

यसरी भन्सार छल्नको लागि व्यापारीको मिलोमतो रहको पनि अनुसन्धानले देखाएको छ । यसरी करोडौं राजस्व छलिएको आशंकामा अनुसन्धान भइरहेको विभाग स्रोतले जानकारी दियो । ‘उक्त छलीबाट राज्यले करोडौंको राजस्व गुमाएको पनि देखीएको छ । यो विषय अनुसन्धानकै क्रममा रहेको भन्दै संलग्न कर्मचारीको नाम र छलिएको राजस्व रकम खुलाउन भने विभागले अस्वीकार गरेको छ ।
नक्कली बिल खडा गर्ने आयातकर्ताको बदमासीलाई सहयोग गर्नेमा नासुदेखि अधिकृत तहसम्मका कर्मचारी संलग्न रहेको देखिएको विभागले जनाएको छ । विभागका अनुसार ५२ वटा प्रज्ञापन पत्रमार्फत फरक फरक आयात भएका वस्तुमा नक्कली बिल प्रयोग भएको थियो । विमान कम्पनीले वस्तु आयातमा जारी गर्ने बिललाई च्यातेर भन्सार छली गर्न फोटोकपी गरेर नक्कली बिल बनाइएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार यो प्रकरण संगठित रुपमा भएको हो वा व्यक्तिगत भन्ने दृष्टिकोणबाट पनि अध्ययन भइरहको छ । भन्सार विभागले भने राजस्व अनुसन्धान विभागको अनुसन्धान प्रक्रियाबारे औपचारिक जानकारी नभएको जनाएको छ । कति संख्या र विषयको गहिराई अहिले राजस्व अनुसन्धान बिभागले अध्ययन गरिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर