जलहरी काण्ड : कम्युनिष्ट क्रान्तिकारीहरुमा पशुपतिनाथको जलहरीमा समेत आफनो व्यक्तिगत चिनारी देखाउने लहड चल्यो

- असार ११, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

धर्मलाई अफिमको संज्ञा दिने कम्युनिष्ट क्रान्तिकारीहरु आध्यात्मिकताको नाममा ब्रम्हलुट मच्चाउने कार्यमा लागेको पुष्टि हुन् थालेको छ । हुँदा हुँदा धर्मलाई अफिम बताउनेहरु नै अहिले पशुपतिमा जडान गरिएको जलहरीमा समेत आफनो व्यक्तिगत चिनारी देखाउन थालेका छन् ।
विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्यका अनुसार जलहरीमा १३ जनाको नाम कुँदिएकोको भेटिएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पर्यटनमन्त्री भानुभक्त ढकाल, पर्यटन सचिव यादवप्रसाद कोइराला, कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलन थापा, भट्टहरू रावल गणेश भट्ट, राम भट्ट, गिरीश भट्ट, नारायण भट्ट, पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतम तथा मूल भण्डारी रवीन्द्रलाल राजभण्डारी र बलराम राजभण्डारीको नाम जलहरीमै कुँदिएको भेटिएको हो । ‘यो पनि सरासर अनुचित कार्य हो,’ वैद्यले भने ।

यसरी पशुपतिको सम्पत्तिमा समेत आफनो नाम लेखाउन तम्सिनेहरुको पनि अब नेपालमा देखीन थाले । उदेक लाग्दो कुरा हो देशको सम्पत्तिमा आफनो नाम लेखाउनु कहाँ सम्मको न्याय संग त्यो माननियहरुलाई जानकारी नभएको कुरै भएन ।

मानौँ आफ्नै निजी धन दान दिएर बनाएका हुन्। तत्कालीन प्रधानमन्त्री ओलीकै विशेष चाहनामा चाँदीको जलहरी फेरेर सुनको राख्ने प्रक्रिया ‘फास्ट ट्र्याक’बाट अघि बढाइएको थियो । विवादबीच तत्कालीन राष्ट्रपति भण्डारीले जलहरी अनावरण गरेकी थिइन् । त्यतिवेला पर्यटनमन्त्री ढकाल थिए । जलहरी राख्न पहल गर्नेहरूको नाम त्यसमा कुँदिएको अनुसन्धानबाट खुलेको हो ।
उता त्यही जलहरी काण्डले अहिले उग्र रुप लिन थालेको छ । केही दिन पहिले जलहरीमा सुन नपुगे मलाई मृत्युदण्ड दिनुहोस् , पशुपति क्षेत्र बिकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरीमा १० केजी सुन नपुगे आफूलाई मृत्युदण्ड दिन संसदीय समितिमा माग गरे ।
बर्तमान सदस्यसचिव थापा कोषाध्यक्ष हुँदा संयोजक भएर पशुपतिमा सुनको जलहरी राखिएको उल्लेख गर्दै सुनमा अनियमितता गरिएको भनी आफ्नो बेइज्जत गरिएको सदस्यसचिव थापाले बताएका थिए । सुनमा अनियमितताको आरोप लागेकैले आफू फेरि सदस्यसचिव भएर आएको सुनाएका सदस्यसचिवलाई त्यति बेला यति पनि ध्यान गएन कि कसले कति जलहरीमा आफनो नाम कुँदाए भनेर ।
यसरी पशुपतिनाथको जलहरीमा आफनो नाम लेखाउन सफल नेताहरुलाई सदस्यसचिव थापाले के जवाफ दिन्छन् । त्यो हेर्न बाँकी नै छ ।
तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७७ माघ १२ गते पशुपतिनाथको दर्शनका क्रममा आगन्तुक पुस्तिकामा “आज श्रीपशुपतिनाथको दर्शन गर्ने सुअवसर मिल्यो। स्वर्ण जलहरी बनाउने यहाँको समितिको इच्छा पूरा गर्न अपुग हुने ३० करोड रुपियाँ नेपाल सरकारको तर्फबाट तत्काल उपलब्ध गराइने छ। आगामी महाशिवरात्रिसम्ममा सो जलहरी निर्माण भइसक्ने छ भन्ने विश्वास लिएको छु,” लेखेका थिए ।
आखिर पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्षको भित्रि चाहना भने जलहरीमा आफनो कुँदाउनु रहेछ । आखिर अभिष्ट पनि पुरा गरेर छोडे । ओलीको यही प्रबृतिको कारणले पशुपतिनाथ भित्र अख्तियार प्रवेश गरेको छ । धार्मीक महत्व जोडिएको स्थानमा जथाभावी गर्नुलाई के भन्ने ? यो अर्को प्रश्न हो ।
अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको छ । पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ।
अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको छ । पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर